२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

प्रधानमन्त्री वलीले सर्वोच्चमा बुझाए लिखित जवाफ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७


ABC Sanchar
काठमाडौं । अदालतको अवहेनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गरेर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतबाट फर्किएका छन् ।

प्रधानमन्त्री ओली बिहीबार बिहान पौने १२ बजे सर्वोच्च अदालत पुगेका थिए । प्रधानमन्त्रीले सर्वोच्च अदालतको नवनिर्मित भवनको समेत निरीक्षण गरेर फर्केका छन् ।

अदालतमा विचाराधीन अवस्थामा रहेको संसद विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो ।

सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन भनेको थियो । अवहेना मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माको माघ १५ गतेको एकल इजलासले ओलीका नाममा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफसिहत ७ दिन भित्र ९बाटोको म्याद बाहेक० उपस्थित हुन भनेको थियो ।

प्रधानमन्त्री ओलीले भने फागुन २ गते अदालतको पत्र बुझेका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!