१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

कर्णालीमा १ सय १० नयाँ कुष्ठरोगी

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

सुर्खेत, जेठ २४- कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् ।
एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत पदम केसीले जानकारी गराउनुभयो । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा फेला परेका छन् । जिल्लामा एक वर्षको अवधिमा ३१ जना बिरामी फेला परेको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, जाजरकोटमा २४, सल्यानमा १४, रुकुम र कालीकोटमा १०/१० जना नयाँ बिरामी फेला परेको निर्देशनालयले जनाएको छ । यस्तै, दैलेखमा सात, जुम्ला र मुगुमा पाँच÷पाँच जना, हुम्लामा तीन र डोल्पामा एकजना नयाँ बिरामी फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
निर्देशनालयका अनुसार पहाडीभन्दा पनि तराईका जिल्लामा कुष्ठरोगका बिरामी बढी फेला परेको जनाएको छ । निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत केसीका अनुसार सामाजिक विभेदका कारण कुष्ठरोगका बिरामी खुल्न नसकेको बताउनुभयो ।
सरकारले कुष्ठरोग उन्मूलन भएको घोषणा गरेपनि सुर्खेतमा नयाँ बिरामी फेला परेपछि यसलाई निर्मूल पार्नका लागि अभियानकै रुपमै सञ्चालन गरिने भएको हो । जेठ २७ देखि ३१ गतेसम्म कुष्ठरोग प्रभावित स्थानमा अभियानकै रुपमा सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका क्षय कुष्ठरोग अधिकृत गणेशभक्त गौतमले जानकारी दिनुभयो ।
कुष्ठरोग अभियान—२०७५ को बारेमा जानकारी दिने उद्देश्यले बुधबार कार्यालयले आयोजना गरेको सञ्चारकर्मीबीचको अन्तक्र्रिया कार्यक्रममा गौतमले जिल्लाका साविकका २० वटा गाविसका स्वास्थ्य चौकीमा विभिन्न कार्यक्रमको आयोजना गरिने बताउनुभयो । यसका लागि तीनवटा समितिमार्फत घरदैलो अभियान सञ्चालन गरिनेछ ।
यसअन्तर्गत खोजकर्ता टोलीले प्रत्येक घरदैलोमा गएर कुष्ठरोगका लक्षण भएका व्यक्तिको खोजी गर्नेछ भने रोग निदान टोलीले खोजिएका व्यक्तिको रोगको निदान गर्नेछ भने सुपरिवेक्षण टोलीले पूर्णरुपमा निदान गर्नेछ । उपचारमा आउन नसकेका कुष्टरोगका बिरामीलाई खोजी गरी रोगको निदान गरी उपचार पद्धतिमा ल्याउनको लागि अभियान शुरुवात गरिएको क्षय कुष्ठरोग अधिकृत गौतमले बताउनुभयो ।
उहाँले कुष्ठरोग लागेको थाहा पाउने बित्तिकै तुरुन्तै उपचार गरेमा शरीर अंगभंग हुनबाट बच्न सकिने बताउनुभयो । गौतमले साविकका बिजौरा, गुटु, बाबियाचौर, सालकोट, छिन्चु, लेकपराजुल, मैनतडा, साटाखानी, गुमी, मेहलकुना, राकम र वीरेन्द्रनगरको लाटीकोइली र कटकुवालगायत २० स्थानमा अभियान सञ्चालन गर्ने बताउनुभयो ।
आव २०७३÷०७४ मा जिल्लामा ३१ जना नयाँ कुष्टरोगका बिरामी फेला परेको कार्यालयको तथ्यांक रहेको छ । जिल्लाको पूर्वी भागका साविकका छिन्चु, मैनतडा, मेहलकुना र पश्चिमको सालकोटलगायतका गाविसमा बढी बिरामी फेला परेका जनाइएको छ । कार्यक्रममा मध्यपश्चम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत विनोद आचार्यले अझै पनि कुष्ठरोगका बिरामी खुलेर नआउने भएकाले पनि यस्ता अभियानबाट उनीहरुलाई उपचारमा ल्याइने बताउनुभयो ।
कार्यालयका शाखा अधिकृत हरि पौडेल र वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतन वाग्लेले यस अभियानलाई सफल बनाउन सम्पूर्ण निकाय लाग्नुपर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् […]

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

error: Content is protected !!