२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पुर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्यमा एकासी समस्या देखिए पछी भारत जाँदै

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

ABC Sanchar
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जान लागेका छन् ।

यसअघि काठमाडौंको निदान अस्पतालमा भट्टराईले उपचार गराएका थिए।

पेटमा समस्या देखिएकाे र न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरीएपछि चिकित्सकहरूकै सल्लाहमा उनी स्वास्थ्य उपचारका लागि भारत जान लागेका छन्।

नेपाल बायुसेवा निगमको जहाजबाट भट्टराई भारतको नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

उनको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुने र उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसोबास त्यहाँ रहेको नेपाली दूतावासमा हुने बताइएकाे छ। भट्टराईसँगै उनकी श्रीमती हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली जान लागेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]