२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

बर्दियालाई तीन वर्षमा बाढीपीडितमुक्त बनाइने

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

बर्दिया, जेठ २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बबई नदीको जब्दीघाटको पुल तत्काल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यहाँ गरिएको अनुगमनका क्रममा उहाँले भौतिक तथा पूर्वाधार मन्त्रालयसँगको समन्वयमा पुल निर्माण अघि बढाइने बताउनुभयो । उहाँले बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र गतिमा भएकामा सन्तोष व्यत्त गर्दै पूर्व र पश्चिम गरी निर्माणाधीन ४३ किलोमिटर नहरले अन्न उत्पादनमा व्यापक बढोत्तरी ल्याउने बताउनुभयो । मन्त्री पुनले भेरी बबई डाइभर्सन सम्पन्न भएपछि बर्र्दियाको ८० प्रतिशत जमीनमा सिँचाइ सुविधा पुग्ने जिकिर गर्नुभयाो ।
अनुगमनका क्रममा उहाँले बबई–भादा औरही नदी व्यवस्थापन आयोजनाले २१ ठेक्कामा २७ आयोजना रु तीन अर्ब ९२ करोड लागतमा काम गरिरहेकामा सन्तोष व्यक्त गर्नुभयोे । बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरिएको तटबन्धनले तीव्रता पाएको छ । दीर्घकालीन रुपमा बबई नियन्त्रण नहुँदा वर्षेनी बस्तीमा नदी पसी जनताले दुःख भएको हुँदा गुरुयोजनानुसार नदी नियन्त्रण गर्न बजेट छुट्याइने र तीन वर्षमा बर्दियालाई बाढीपीडितमुक्त बनाइने उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]