२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

सरकारले १० देखि विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

ABC Sanchar
काठमाडौं । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फिर्ता गर्ने भएको छ। उच्च स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फिर्ता लिने गरी सरकारले तयारी गरेको छ।

तयारी पूरा भएमा भोलि नै प्रतिबन्ध फिर्ता गर्ने र कुनै कारण भोलि ढिला भए मंगलबारसम्म प्रतिबन्ध फिर्ता भइसक्ने बताइएको छ।

मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको घोषणासँगै वार्ता टोली समेत गठन गर्ने बताइएको छ। सरकारले वार्ता टोली बनाएर औपचारिक रुपमा पत्र पठाए विप्लवले समेत वार्ता टोली बनाउनेछन्।

उपत्यकामै आज विप्लवका एक केन्द्रीय नेता र ओली सरकारका मन्त्री बीच अनौपचारिक छलफल भएको स्रोतले जानकारी दियो।

वार्तालगत्तै विप्लव नेकपामाथि लागेको प्रतिवन्ध हटाउने तयारी सरकारले गरेको हो।

सरकारले प्रतिबन्ध र झुटा मुद्धा फिर्ता गर्नुका साथै राजनीतिक पूर्वाग्रह राख्दै जेलमा राखिएका कार्यकर्ता रिहा गरे महासचिव विप्लव पनि सार्वजनिक हुनेछन्।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले नै विप्लवसँग वार्ताका लागि चासो दिएका छन्।

आज मात्रै एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ता गर्न लागेको भन्दा केहि मान्छेलाई छटपटि भएको बताएका थिए।

प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपालाई मूलधारमा आउन आग्रह गरेका थिए।

शनिबार महासचिव विप्लवले सरकारसँग वार्ता गर्न तयार रहेको बताएका थिए।

सरकारी पक्षबाट पहिला विप्लवले वक्तव्य जारी गर्नुपर्छ भन्ने कुरा आएपछि विप्लवले विज्ञप्ति जारी गरेको बताइएको छ।

राजनीतिक दलमाथि लगाएको प्रतिबन्धले चौतर्फी आलोचित अ‍ोली सरकार प्रतिनिधिसभा विघटनपछि विप्लवको साथ खोज्न लागेको हो।

तर, विप्लवले भने वैकल्पिक संयुक्त सरकार र त्यही सरकारले संसदीय पुजिवाद वा वैज्ञानिक समाजवाद भन्नेमा जनमत गर्नुपर्ने माग अघि सारेका छन्। हालकै सरकार र व्यवस्थामा कुनै हालतमा नजाने विप्लवको अडान छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!