२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एसपी अधिकारीको धमाधम फरार प्रतिवादी पक्राउ अभियान जारी

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

ABC (क्राईमबिट) कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनामा दोब्बर बढी फरार प्रतिवादी पक्राउ गरेको छ । गत साउनदेखि माघसम्म प्रहरीले १२१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

उनीहरुको कैद ४० वर्ष ३ महिना २० दिन रहेको र जरिवानाबापत २५ लाख ४७ हजार रुपैयाँ संकलन भएको पनि कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा भने कार्यालयले ५० जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो ।
यस्तै, मुद्दा दर्ता र फर्छ्योट, राजस्व संकलन र लागूऔषध बरामदमा पनि कपिलवस्तु प्रहरीको सक्रियता देखिएको छ । कार्यालयको तथ्यांकअनुसार भन्सार छली गरिएको भित्र्याइएको सामानबाट ३ करोड ६५ लाख ९० हजार संकलन भएको छ ।

यस्तै, उक्त अवधिमा ९६ ग्राम ३३१ मिलिग्राम ब्राउनसुगर, ३७ किलो चरेज, साढे १० किलो अफिमलगायत बरामद गरिएको छ । लागूऔषध कारोबारमा संलग्न ४८ जनालाई पनि पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
पछिल्लो ६ महिनामा कार्यालयले ३२३ मुद्दा दर्ता गरी १३० वटा फर्छ्योट गरिसकेको छ । गत आर्थिक वर्षमा कार्यालले ५७९ मुद्दा दर्ता गरी २९८ वटा फर्छ्योट गरेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले विभिन्न किसिमका अपराध, तस्करी नियन्त्रण र फरार अपराधी पक्राउलगायत कामका लागि छुट्टाछुट्टै टिम बनाएर काम गरिरहेको जानकारी दिए ।

झैझगडा, महिला हिंसा सवारी दुर्घटना, फरार प्रतिवादी र तस्करीसँग सम्बन्धित अपराधलाई प्राथमिकतामा राखेर काम गर्दै जाने कपिलवस्तु प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!