२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एसपी अधिकारीको धमाधम फरार प्रतिवादी पक्राउ अभियान जारी

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

ABC (क्राईमबिट) कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनामा दोब्बर बढी फरार प्रतिवादी पक्राउ गरेको छ । गत साउनदेखि माघसम्म प्रहरीले १२१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

उनीहरुको कैद ४० वर्ष ३ महिना २० दिन रहेको र जरिवानाबापत २५ लाख ४७ हजार रुपैयाँ संकलन भएको पनि कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा भने कार्यालयले ५० जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो ।
यस्तै, मुद्दा दर्ता र फर्छ्योट, राजस्व संकलन र लागूऔषध बरामदमा पनि कपिलवस्तु प्रहरीको सक्रियता देखिएको छ । कार्यालयको तथ्यांकअनुसार भन्सार छली गरिएको भित्र्याइएको सामानबाट ३ करोड ६५ लाख ९० हजार संकलन भएको छ ।

यस्तै, उक्त अवधिमा ९६ ग्राम ३३१ मिलिग्राम ब्राउनसुगर, ३७ किलो चरेज, साढे १० किलो अफिमलगायत बरामद गरिएको छ । लागूऔषध कारोबारमा संलग्न ४८ जनालाई पनि पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
पछिल्लो ६ महिनामा कार्यालयले ३२३ मुद्दा दर्ता गरी १३० वटा फर्छ्योट गरिसकेको छ । गत आर्थिक वर्षमा कार्यालले ५७९ मुद्दा दर्ता गरी २९८ वटा फर्छ्योट गरेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले विभिन्न किसिमका अपराध, तस्करी नियन्त्रण र फरार अपराधी पक्राउलगायत कामका लागि छुट्टाछुट्टै टिम बनाएर काम गरिरहेको जानकारी दिए ।

झैझगडा, महिला हिंसा सवारी दुर्घटना, फरार प्रतिवादी र तस्करीसँग सम्बन्धित अपराधलाई प्राथमिकतामा राखेर काम गर्दै जाने कपिलवस्तु प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]