२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गाजा तस्करीले प्रहरीमाथि आक्रमण गरेपछी दुई राउण्ड हवाई फायर

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

ABC (क्राईमबिट)
मकवानपुर । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो ।

गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा राक्सिराङ गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले आक्रमण गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय कान्छालाला रुम्वालाई नियन्त्रणमा लिएको छ ।

साथै सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको अवैध लागूऔषध १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङ समेत मकवानपुर प्रहरीले बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!