२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ईलाका प्रहरी तुलसीपुरको हिरासतमा एक ब्यक्तिको मृत्यु

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

 

ABC (क्राईमबिट)
तुल्सीपुर । ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एकब्यक्तिको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिववहादुर सिंहले हिरासतमा रहेका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ बर्षीय नन्दलाल वलीको मृत्यु भएको हो । शनिबार राति पक्राउ परेका उनी आईतबार राति २ बजेतिर विरामी परेपछि उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको थियो । उनको आईतबार विहान ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख डिएसपी सिंहले जानकारी दिए ।

मदिरा सेवन गरेर कान्छी श्रीमतीलाई कुटपिट गरेको उजुरी परेपछि उनलाई शनिबार राति ११ बजेतिर पक्राउ गरि प्रहरी कार्यालय ल्याईएको हो । अत्याधिक मदिरा सेवन गरेका उनी हिड्न नसक्ने अबस्था भएपछि प्रहरीले समेत बोकेर कार्यालय ल्याउनु परेको थियो ।‘ हामीले कार्यालय ल्याउँदा उनी हिड्न सक्ने अबस्थामा समेत थिएनन्’, उनले भने‘ हामीले कार्यालय ल्याएपछि पनि उनले अनाबश्यक बोलिरहेका थिए, सुतेपछि एक्कासी विरामी परेपछि हामीले अस्पताल ल्याएका हौं ।’

पक्राउ परे लगत्तै घ्यार–घ्यार गरेपछि उपचारकालागि लगिएको उनको भनाई छ । उनले कान्छी श्रीमतिलाई मदिरा खाएर कुटपिट गरेको उजुरी परेपछि पक्राउ गरिएको हो । उनी २०५९ सालदेखि कान्छी श्रीमतिसंग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनकी जेठी श्रीमति रोल्पामै छिन् । अहिले आफन्त रोल्पाबाट दाङ आउन लागेका छन् । शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवदाह गृहमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]