०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

ईलाका प्रहरी तुलसीपुरको हिरासतमा एक ब्यक्तिको मृत्यु

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

 

ABC (क्राईमबिट)
तुल्सीपुर । ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एकब्यक्तिको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिववहादुर सिंहले हिरासतमा रहेका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ बर्षीय नन्दलाल वलीको मृत्यु भएको हो । शनिबार राति पक्राउ परेका उनी आईतबार राति २ बजेतिर विरामी परेपछि उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको थियो । उनको आईतबार विहान ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख डिएसपी सिंहले जानकारी दिए ।

मदिरा सेवन गरेर कान्छी श्रीमतीलाई कुटपिट गरेको उजुरी परेपछि उनलाई शनिबार राति ११ बजेतिर पक्राउ गरि प्रहरी कार्यालय ल्याईएको हो । अत्याधिक मदिरा सेवन गरेका उनी हिड्न नसक्ने अबस्था भएपछि प्रहरीले समेत बोकेर कार्यालय ल्याउनु परेको थियो ।‘ हामीले कार्यालय ल्याउँदा उनी हिड्न सक्ने अबस्थामा समेत थिएनन्’, उनले भने‘ हामीले कार्यालय ल्याएपछि पनि उनले अनाबश्यक बोलिरहेका थिए, सुतेपछि एक्कासी विरामी परेपछि हामीले अस्पताल ल्याएका हौं ।’

पक्राउ परे लगत्तै घ्यार–घ्यार गरेपछि उपचारकालागि लगिएको उनको भनाई छ । उनले कान्छी श्रीमतिलाई मदिरा खाएर कुटपिट गरेको उजुरी परेपछि पक्राउ गरिएको हो । उनी २०५९ सालदेखि कान्छी श्रीमतिसंग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनकी जेठी श्रीमति रोल्पामै छिन् । अहिले आफन्त रोल्पाबाट दाङ आउन लागेका छन् । शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवदाह गृहमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]