२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चालकले सडक अनुशासन पालना गरे दुर्घटनामा कमि हुन्छ एसपी:बिक

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७

(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशको ट्राफिक प्रमुख एसपी डम्मर बहादुर बिकले सेवाको भावनासहित नेपाल प्रहरी जस्तो राष्ट्रको गरिमा बोकेको प्रहरी संगठनमा आवद्ध उनी एक निष्ठावान प्रहरी कर्मचारी हुन् । इमान्दारीता र पारदर्शीतालाई शिरमा राखेर देशको हितमा काम गर्ने प्रणसहित प्रहरी जिवन सुरु गरेका उनी आफ्नो कार्यक्षेत्र र खटाइएको काममा कहिले पनि हेलचेक्याईं गर्दैनन् । संगठन चुस्त बनाउन सबै तह र तप्ताको उत्तिकै महत्वपूर्ण मूमिका रहन्छ र सबै मिलेर अघि बढ्ने हो भने देशको शिर सधै उचो रहन्छ भन्ने मायन्ता बोक्ने बिक अहिले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुखको भूमिकामा बुटवलमा कार्यरत छन् ।
अहिले समग्र लुम्बिनी प्रदेश ट्राफिक प्रहरीको जिम्मा सम्हालेका एसपी बिकसँग एबिसी संचार र खबर 24 नेपालले समग्र लुम्बिनी प्रदेशको ट्राफिक व्यवस्थापन ९ महिने कार्यकालमा गरेका उपलब्धि र कठिनाईसँग सम्बन्धित रहेर कुराकानीको संक्षिप्त अंश ।
प्र १. पछिल्लो लुम्बिनी प्रदेशको ट्राफिक व्यवस्थापन कस्तो छ ?
म आएको झण्डै ९ महिना पूरा भएको छ । विशेष गरी यो समयमा दुर्घटनामा ज्यान गुमाउने संख्या विगतमा भन्दा ज्यादै न्यून संख्यामा भएका छन् भने, ट्राफिक परिचालनको कुरा हेर्दा थप चुस्तता थपिएको छ । समग्र लुम्बिनी प्रदेशको ट्राफिक व्यवस्थापन आफैमा चुनौतीपूर्ण छ र यसका लागि म र मेरो मातहतका सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारी साथिहरु लागि पर्नुभएको छ जसका कारण यो सफलता मिलेको छ र अझ धेरै कामहरु गर्न बाँकी छ र त्यसका लागि हामी योजनावद्ध रुपमा अगाडी बढेका छौं ।

प्र २. तपाई आइसकेपछि के–के परिवर्तन गर्नुभयो ?
मैले यो प्रदेशको ट्राफिक प्रमुखको पद सम्हालेपछि पहिलो प्रथमिकतामा व्यवस्थापकिय क्षमता बढाउँदै समग्र सडक सुरक्षा र दुर्घटना न्यूकणका लागि अवलम्बन गर्नेसक्ने योजना नै हो । योजना विनाका कामहरु असफल हुने हुँदा यसमा पहिलो प्राथमिकता राह्यो । अनि बढी दुर्घटना र संवेदनशिल क्षेत्रको निक्यौल गरि त्यसका थप व्यवस्थापनमा समेत जोड दिदै, चेक प्वाइटहरु थप्ने, त्यसलाई व्यवस्थापन गर्ने पार्किङ्गको संख्या बढाउने काम भएको र जसका गर्दा सडकमा यत्रतत्र पार्किङ्ग गर्ने काम ज्यादै न्यून भएको छ भने थप चेक प्वाइटको स्थापना र आधुनिक प्रविधिमार्फत सडक सुरक्षालाई थप मजवुद बनाउने पक्षमा लागिपरेका छौं । यसका साथै सडकमा ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पार्ने खोजेको तर त्यो अस्विकार गर्ने केही ट्राफिक प्रहरी कर्मचारीका पुरस्कृत गर्नुका साथै आचरण र लेनदेनमा सहभागी हुने केही कर्मचारीलाई विभागिय कारवाही पनि गरेको छौं ।

प्र ३. राजश्व संकलनमा ट्राफिक प्रहरीतर्फ लुम्बिनी अग्र स्थानमा देखियो । कसरी सम्भव भयो ?

यसको सफलता भनेको सम्पूर्ण ट्राफिक प्रहरीहरुको सक्रियता र इमान्दारीता नै प्रमुख कारण हो । अर्को पाटोमा हेर्ने हो भने यसका लागि हामीले जुन किसिमका अभियानहरु चलाएका छौं त्यसको पनि परिणमको विषय हो ।

प्र.४ दूर्घटना न्यूनिकरणमा चुनौतीहरु के–के छन् ?
चुनौतीको कुरा गर्दा पछिल्लो समय जसरी सवारी साधनको संख्या उल्लख्य रुपमा बढेको त्यो अनुरुप जनशक्ति व्यवस्थान हुन सकेको छैन जसले गर्दा अत्याधुनिक चेक प्वाइटको व्यस्थापन गर्नुपर्ने छ, वसपार्क र पाकिङ्ग क्षेत्रलाई बढाउनुपर्ने छ , ओभरहेड, अण्डरपास, ज्रेवा क्रसिङ ठाउँ–ठाउँमा ट्राफिक डमि बिस्तार गर्दै लैजानुपर्ने देखिएको छ । प्रविधिको उच्चतम प्रयोग गर्न त्यसको पूर्ति गर्नुका साथै ट्राफि प्रहरीभित्र पनि अझै सुद्धिकरण आवश्यकता रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रमुख एसपी बिकले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]