(महेन्द्र सिंह)
बाँके । नेपालगन्जबाट १० लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । नेपालगन्जको भन्सार चेकपोस्टमा चेक जाँचका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संंयुक्त टोलीले भारतको दिल्ली बसोबास गर्दै आएका ५४ बर्षीय मुनवर खानलाई आज दिउँसो ३ बजेर ४० मिनेटमा पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
पक्राउ परेका खान र दश लाख भारतीय रुपैयाँलाई आबश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बुझाउने तयारी रहेको छ। पक्राउ परेका खान र दश लाख भारतीय रुपैयाँलाई जिल्ला प्रहरी बाँकेमा राखिएको एसपी रानाले बताए ।