२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके ट्राफिकले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने म्याजिकहरु कार्वाहीमा

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७

 

(महेन्द्र सिंह)
बाँके । नेपालगन्जमा प्रहरीले म्याजिक भ्यानको छड्के चेकजाँच गरेको छ । नियम विपरित सवारी खचाखच भरेर गुडेका ६ वटा म्याजिक भ्यानलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिएका छन । वडा प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको संंयुक्त चेकजाँचमा कागजपत्र नबोकेका र सिट क्षमता भन्दा बढी यात्रु बोकेका ६ वटा म्याजिक भ्यानलाई कारबाही गरिएको हो । त्यस्तै ट्राफिक प्रहरीले ७ वटा सवारीसाधनको कागजपत्र होल्ड गरेको जनाएको छ । कागजपत्र नबोकेर सिट क्षमता बढी यात्रु बोकेको एउटा म्याजिक भ्यान, २ वटा ट्याक्टर र एउटा जेसिबीलाई समेत नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ । नेपालगन्जको राँझा चोकमा प्रहरीले ५० बढी म्याजिक भ्यानको चेक जाँच गरेको हो । नेपालगन्जमा प्रहरीले सवारीसाधन चेकजाँचलाई तीब्र पारेको जिल्ला ट्राफिक प्रमुख भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]