२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

प्रहरीले बाघको छाला र चोरीको मोटरसाइकल सहित ४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

(सागर थापा)
दाङ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकका प्रहरी टोलीले मंगलवार बाघको छाला सहित २ जना तुलसीपुर ४ गोठी खोलाबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सल्यानको बागचौर नगरपालिका वडा नंम्वर ९ का सन्दिप डाँगी र शारदा नगरपालिका वडा नंम्वर १५ का ३७ वर्षीय ईन्द्रबहादुर थापा विकलाई बुधबार दाङ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

पाटे बाघको छाला अबैध रुपमा ओसारपोसार गरी विक्री वितरण भई रहेको भन्ने गोप्य सुचनाका अधारमा खटिएको सादा पोसाकको प्रहरीले उनिहरुलाई पक्राउ गर्न सफल भएको दाङ प्रहरीले जानकारी दिएको छ ।
उनिहरुको साथबाट पुच्छरको भागदेखी टाउको सम्मको लम्बाई ४ फिट ५ ईन्च, घाटीको चौडाई १ फिट, अगाडिको दुबै खुट्टा फट्टाएर नाप्दा ४ फिट २ ईन्च लम्बाई, पछाडिको खुट्टालाई फट्टाएर नाप्दा ३ फिट ३ ईन्च लम्वाई, पेटको भागको चौडाई १ फिट ११ ईन्च रहेको बाघको छाला १ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । यस्तै उनिहरुको साथबाट समासुम, लाभा र भिभोको १÷१ वटा गरी ३ वटा मोबाईल र रा .४ प .८८४७ नंम्वरको कालोरातो कलको पल्सर मोटरसाईकल १ थान बरामत गरिएको प्रहरीले जनाएको छ । बाघको छालासहित पक्राउ परेको उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय पठाउने तयारी भईरहको प्रहरीले जनाएको छ । साथै दाङ प्रहरीले मोटरसाइकल चोरी गर्ने २ जनालाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले मंगलबार दिउसो २ बजे घोराहीको नयाँ वसपार्कबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका गढवा गाउँपालिका वडा नंम्वर ६ का १९ वर्षीय असिम खान र सोही ठाउँका बरुन कुमाललाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।

कपिलबस्तुका शिवराज नगरपालिका वडा नंम्वर ३ का ३० वर्षीय विक्रम केसीको लु १८ प ९५०४ नंम्वरको १ सय ५० सीसीको पल्सर मोटरसाईकल र दाङको गढवा गाउँपालिका वडा नंम्वर २ का गिरीराज भुषालको बा ८३ प ७६७५ नंम्वरको १ सय ५० सीसीको पल्सर मोटरसाईकल चोरी भएको थियो ।

केसी र भुषालले जिल्ला प्रहरी कार्यालय दाङमा दिएको निवेदनका अधारमा मोटरसाईकल चोरीमा संलग्न खान र कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भैरहेको दाङ प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।