२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बेपत्ता सञ्चारकर्मी वलीको खोजीका लागि प्रेस युनियन दाङको ध्यानाकर्षण

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

ABC Sanchar
दाङ । एक महिना देखि बेपत्ता दाङका सञ्चारकर्मी देवेन्द्र ओलीको खोजीका लागि नेपाल प्रेस युननियन दाङले जिल्ला प्रहरी कार्यालय दाङको ध्यानाकर्षण गराएको छ । नेपाल प्रेस युनियनले जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दलाई भेटेर संचारकर्मी ओली बेपत्ता भएको लामो समय बितिसक्दा पनि फेला नपरेको भन्दै खोजी कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

प्रेस युनियन दाङका सल्लाहकार सुदीप गौतमले ओली बेपत्ता भएको घटना बारे जानकारी गराउँदै खोजी कार्यलाई चुस्त बनाउन आग्रह गरेका थिए । दाङ एसपी चन्दले प्रहरीले ओलीको खोजीका लागि चार सदस्यीय समितिनै गठन गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय दाङले डिएसपीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेर खोजी कार्य जारी राखिएको छ । तर अहिले सम्म प्रहरीले ओलीका बारेमा कुनै पनि प्रमाण फेला पार्न नसकेको एसपी चन्दले बताए ।

रेडियो स्वर्गद्धारी एफएममा कार्यरत देवेन्द्र १५ माघ देखि बेपत्ता छन् । उनि अध्ययनरत राप्ती शिक्षा क्याम्पस देखि उनि बेपत्ता भएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!