२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बेपत्ता सञ्चारकर्मी वलीको खोजीका लागि प्रेस युनियन दाङको ध्यानाकर्षण

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

ABC Sanchar
दाङ । एक महिना देखि बेपत्ता दाङका सञ्चारकर्मी देवेन्द्र ओलीको खोजीका लागि नेपाल प्रेस युननियन दाङले जिल्ला प्रहरी कार्यालय दाङको ध्यानाकर्षण गराएको छ । नेपाल प्रेस युनियनले जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दलाई भेटेर संचारकर्मी ओली बेपत्ता भएको लामो समय बितिसक्दा पनि फेला नपरेको भन्दै खोजी कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

प्रेस युनियन दाङका सल्लाहकार सुदीप गौतमले ओली बेपत्ता भएको घटना बारे जानकारी गराउँदै खोजी कार्यलाई चुस्त बनाउन आग्रह गरेका थिए । दाङ एसपी चन्दले प्रहरीले ओलीको खोजीका लागि चार सदस्यीय समितिनै गठन गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय दाङले डिएसपीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेर खोजी कार्य जारी राखिएको छ । तर अहिले सम्म प्रहरीले ओलीका बारेमा कुनै पनि प्रमाण फेला पार्न नसकेको एसपी चन्दले बताए ।

रेडियो स्वर्गद्धारी एफएममा कार्यरत देवेन्द्र १५ माघ देखि बेपत्ता छन् । उनि अध्ययनरत राप्ती शिक्षा क्याम्पस देखि उनि बेपत्ता भएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]