२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मेयर कक्षपति समक्ष दस बुँदे मागपत्र पेश

Logo
प्रकाशित शुक्रबार, जेठ २५, २०७५

रमेश गिरी,२५ जेठ/प्युठान

राहात शिक्षक संघर्ष समिति प्युठान नगरपालिका कार्यसमितिले अाज प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीलाई १० बुदे पेशागत हक अधिकार सम्वन्धी मागपत्र बुझाएका छन ।
देशव्यापी रूपमा कार्यरत ४२ हजार राहात शिक्षकहरूले प्रत्येक स्थानिय तहमा पेशागत हक अधिकारकाे लागि अाज ज्ञापन पत्र बुझाएका हुन ।
शिक्षकहरूका विचमा भएकाे वर्गीकरण अन्त्य हुनुपर्ने ,राज्य तह तथा स्थानिय तहमा हुने शिक्षासंग सम्वन्धीत सार्वजनिक महत्वका काममा सहभागिता गराईनु पर्ने र पेशागत सुरक्षा हुनुपर्ने जस्ता माग सहित अाज ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख अर्जुन कुमार कक्षपतीले शिक्षकहरूलाई दिने सेवा र सुबिधामा नगरपालिकाले कुनै कन्जुसाई नगरेकाे र पछिल्ला दिनमा पनि भेदभावपुर्ण व्यवहार नहुने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
वर्तमान अवस्थामा नगरपालिकाबाट अपेक्षा गर्ने निकाय धेरै भएकाे र सबैकाे माग संम्वाेधन गर्न केही जटिलता हुदाँ हुँदै पनि नगरपालिकाले अाफ्नाे क्षेत्र अधिकार भित्र रहि अधिकतम माग पुरा गर्ने याेजना वनाएकाे बताउनु भयाे ।
शिक्षकहरूले पनि अाफ्नाे पेशागत मर्यादामा रहि उपलब्धीमुलक शिक्षण सिकाई गर्नु पर्ने बेला अाएकाे र सामुदायिक विद्यालयका सामु धेरै चुनाैती तेर्सीएकाे बताउनु भयाे । दाेस्राे नगरपरिषदमा विनियाेजन हुने बजेटमध्ये सबै भन्दा बढि लगानी शिक्षा क्षेत्रमा राख्ने याेजना रहेकाे खुलसा गर्नु भयाे ।
उक्त कार्यक्रममा बाेल्दै नगरपालिकका शिक्षा एकाईका स्राेत व्याक्ति विष्णु प्रसाद पाेख्रेलले राज्यबाट सामुदायिक विद्यालयकाे हित अथवा शिक्षा क्षेत्रमा ठुलाे लगानी रहेकाे र लगानी अनुसारकाे प्रतिफल पाउन नसकेकाे बताउनु भयाे । शिक्षककाे पेशागत हक र सुरक्षामा कुनै कमी अाउन नदिने काममा लाग्ने कुराकाे स्मंरण गराउदै पाेख्रेलले शिक्षकहरूले अाफ्नाे अधिकार माग्नुका साथै कर्तव्य पनि नभुल्न अाग्रह गर्नु भयाे । १० अाेटा माग मध्ये ६ अाेटा माग तुरून्तै सम्वाेधन गर्न सकिने र बाँकी मागकाे लागि सम्वन्धीत निकायमा पहल गर्नु पर्ने कुराकाे जानकारी गराउनु भयाे ।
कार्यक्रममा नगर उपप्रमुख शान्ता अार्चाय र कार्यकारी अधिकृत नारायण प्रसाद भण्डारीकाे पनि उपस्थीति थियाे ।ज्ञापन पत्रकाे मर्म र उद्धेश्य बारे राहात शिक्षक सर्घष समितिका अध्यक्ष पदम प्रसाद शर्माले स्पस्ट्र पार्नु भएकाे थियाे भने ज्ञापन पत्र सचिव लुस्याङ जि केसीले बुझाउनु भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!