२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

मेयर कक्षपति समक्ष दस बुँदे मागपत्र पेश

Logo
प्रकाशित शुक्रबार, जेठ २५, २०७५

रमेश गिरी,२५ जेठ/प्युठान

राहात शिक्षक संघर्ष समिति प्युठान नगरपालिका कार्यसमितिले अाज प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीलाई १० बुदे पेशागत हक अधिकार सम्वन्धी मागपत्र बुझाएका छन ।
देशव्यापी रूपमा कार्यरत ४२ हजार राहात शिक्षकहरूले प्रत्येक स्थानिय तहमा पेशागत हक अधिकारकाे लागि अाज ज्ञापन पत्र बुझाएका हुन ।
शिक्षकहरूका विचमा भएकाे वर्गीकरण अन्त्य हुनुपर्ने ,राज्य तह तथा स्थानिय तहमा हुने शिक्षासंग सम्वन्धीत सार्वजनिक महत्वका काममा सहभागिता गराईनु पर्ने र पेशागत सुरक्षा हुनुपर्ने जस्ता माग सहित अाज ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख अर्जुन कुमार कक्षपतीले शिक्षकहरूलाई दिने सेवा र सुबिधामा नगरपालिकाले कुनै कन्जुसाई नगरेकाे र पछिल्ला दिनमा पनि भेदभावपुर्ण व्यवहार नहुने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
वर्तमान अवस्थामा नगरपालिकाबाट अपेक्षा गर्ने निकाय धेरै भएकाे र सबैकाे माग संम्वाेधन गर्न केही जटिलता हुदाँ हुँदै पनि नगरपालिकाले अाफ्नाे क्षेत्र अधिकार भित्र रहि अधिकतम माग पुरा गर्ने याेजना वनाएकाे बताउनु भयाे ।
शिक्षकहरूले पनि अाफ्नाे पेशागत मर्यादामा रहि उपलब्धीमुलक शिक्षण सिकाई गर्नु पर्ने बेला अाएकाे र सामुदायिक विद्यालयका सामु धेरै चुनाैती तेर्सीएकाे बताउनु भयाे । दाेस्राे नगरपरिषदमा विनियाेजन हुने बजेटमध्ये सबै भन्दा बढि लगानी शिक्षा क्षेत्रमा राख्ने याेजना रहेकाे खुलसा गर्नु भयाे ।
उक्त कार्यक्रममा बाेल्दै नगरपालिकका शिक्षा एकाईका स्राेत व्याक्ति विष्णु प्रसाद पाेख्रेलले राज्यबाट सामुदायिक विद्यालयकाे हित अथवा शिक्षा क्षेत्रमा ठुलाे लगानी रहेकाे र लगानी अनुसारकाे प्रतिफल पाउन नसकेकाे बताउनु भयाे । शिक्षककाे पेशागत हक र सुरक्षामा कुनै कमी अाउन नदिने काममा लाग्ने कुराकाे स्मंरण गराउदै पाेख्रेलले शिक्षकहरूले अाफ्नाे अधिकार माग्नुका साथै कर्तव्य पनि नभुल्न अाग्रह गर्नु भयाे । १० अाेटा माग मध्ये ६ अाेटा माग तुरून्तै सम्वाेधन गर्न सकिने र बाँकी मागकाे लागि सम्वन्धीत निकायमा पहल गर्नु पर्ने कुराकाे जानकारी गराउनु भयाे ।
कार्यक्रममा नगर उपप्रमुख शान्ता अार्चाय र कार्यकारी अधिकृत नारायण प्रसाद भण्डारीकाे पनि उपस्थीति थियाे ।ज्ञापन पत्रकाे मर्म र उद्धेश्य बारे राहात शिक्षक सर्घष समितिका अध्यक्ष पदम प्रसाद शर्माले स्पस्ट्र पार्नु भएकाे थियाे भने ज्ञापन पत्र सचिव लुस्याङ जि केसीले बुझाउनु भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]