२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

नेकपा बिप्लब सार्वजनिक हुँदै प्रधानमन्त्री ओलीसँग देखिने

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

ABC Sanchar काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएसँगै दुई वर्ष यता भूमिगत अवस्थामा रहेका नेत्रविक्रम चन्द सार्वजनिक रुपमा देखिने भएका छन् ।

सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गर्ने र विप्लव समूहले सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्ने सहमित भएसँगै उनी सार्वजनिक हुन लागेका हुन् ।

भोलि एक कार्यक्रमकाबीच उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिने छन् ।

सरकार र विप्लवसमूहबीच तीन बुँदे सममति सार्वजनिक भएपनि सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ । काठमाडौंमा आयोजित हुने उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्दले एउटै मञ्‍चबाट सम्बोधन गर्ने तयारी रहेको छ ।

२०६९ को असारमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीप्रति असन्तुष्टि जनाउँदै मोहन वैद्यको नेतृत्वमा छुट्टै नेकपा माओवादी क्रान्तिकारी गठन गरिएको थियो । तर २०७१ मंसिरमा मोहन वैद्य नेतृत्वको उक्त पार्टी क्रान्तिकारी हुन नसकेको भन्दै चन्दले नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए ।

दाहाल नेतृत्वको पार्टीले माओवादी आन्दोलन छाडेको जनाउँदै चन्दले आफूहरु मूलधारको माओवादी भएको बताउँदै आएका थिए ।

पार्टी गठन गरेसँगै चन्द नेतृत्वको पार्टीले नेपाल बन्द, सरकारी कर्मचारीहरुलाई कालो मोसो दल्ने, चन्दा असुल्ने, कर नतिरेको भन्दै एनसेलका टावरहरुमा विस्फोट गराउने क्रियाकलापलाई तीव्रता दियो ।

हिंसात्मक गतिविधिलाई अगाडि बढाउँदै शान्तिपूर्ण वार्तामा आउन नमानेपछि केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते उक्त पार्टीमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गर्‍यो ।

नेत्रविक्रम चन्द भने सरकारले प्रतिबन्ध लगाउनुभन्दा केही समयअघि नै भूमिगत भएका थिए । सरकारले प्रतिबन्ध लगाउनुभन्दा पहिले नै उक्त समूहले भूमिगत शैलीमा आफ्ना गतिविधि चलाउँदै आएको थियो ।

सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!