१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

नेकपा बिप्लब सार्वजनिक हुँदै प्रधानमन्त्री ओलीसँग देखिने

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

ABC Sanchar काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएसँगै दुई वर्ष यता भूमिगत अवस्थामा रहेका नेत्रविक्रम चन्द सार्वजनिक रुपमा देखिने भएका छन् ।

सरकारले विप्लव समूहमाथि यसअघि लगाएको प्रतिबन्ध फुकुवा गर्ने र विप्लव समूहले सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्ने सहमित भएसँगै उनी सार्वजनिक हुन लागेका हुन् ।

भोलि एक कार्यक्रमकाबीच उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिने छन् ।

सरकार र विप्लवसमूहबीच तीन बुँदे सममति सार्वजनिक भएपनि सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ । काठमाडौंमा आयोजित हुने उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्दले एउटै मञ्‍चबाट सम्बोधन गर्ने तयारी रहेको छ ।

२०६९ को असारमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीप्रति असन्तुष्टि जनाउँदै मोहन वैद्यको नेतृत्वमा छुट्टै नेकपा माओवादी क्रान्तिकारी गठन गरिएको थियो । तर २०७१ मंसिरमा मोहन वैद्य नेतृत्वको उक्त पार्टी क्रान्तिकारी हुन नसकेको भन्दै चन्दले नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए ।

दाहाल नेतृत्वको पार्टीले माओवादी आन्दोलन छाडेको जनाउँदै चन्दले आफूहरु मूलधारको माओवादी भएको बताउँदै आएका थिए ।

पार्टी गठन गरेसँगै चन्द नेतृत्वको पार्टीले नेपाल बन्द, सरकारी कर्मचारीहरुलाई कालो मोसो दल्ने, चन्दा असुल्ने, कर नतिरेको भन्दै एनसेलका टावरहरुमा विस्फोट गराउने क्रियाकलापलाई तीव्रता दियो ।

हिंसात्मक गतिविधिलाई अगाडि बढाउँदै शान्तिपूर्ण वार्तामा आउन नमानेपछि केपी ओली नेतृत्वको सरकारले नै २०७५ फागुन २८ गते उक्त पार्टीमाथि प्रतिबन्ध लगाउँदै आपराधिक समूहका रुपमा उसलाई चित्रित गर्‍यो ।

नेत्रविक्रम चन्द भने सरकारले प्रतिबन्ध लगाउनुभन्दा केही समयअघि नै भूमिगत भएका थिए । सरकारले प्रतिबन्ध लगाउनुभन्दा पहिले नै उक्त समूहले भूमिगत शैलीमा आफ्ना गतिविधि चलाउँदै आएको थियो ।

सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]