०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

सरकार र नेकपा विप्लवबीच भएको सहमतिको नेकपा मालेद्वारा स्वागत

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

 

ABC Sanchar
काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको सीपी मैनाली नेतृत्वको नेकपा मालेले स्वागत गरेको छ ।

‘नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच आज विहान तीन बुँदे सहमति भएको कुरा सार्वजनिक भएको छ । हिंसाको राजनीतिक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउनु स्वागतयोग्य छ’, मालेका कार्यालय सचिव महेन्द्र शाहले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दुवै पक्षको वार्ताद्वारा गरिएको सहमतिको विवरण चाँडै सार्वजनिक हुने विषयबारे पार्टी प्रतिक्षारत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच सो पार्टीले मंगलबारका ताप्लेजुङमा भएको आगलागीको घटनाप्रति पनि दुःख व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!