०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

सरकार र नेकपा विप्लवबीच भएको सहमतिको नेकपा मालेद्वारा स्वागत

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

 

ABC Sanchar
काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको सीपी मैनाली नेतृत्वको नेकपा मालेले स्वागत गरेको छ ।

‘नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच आज विहान तीन बुँदे सहमति भएको कुरा सार्वजनिक भएको छ । हिंसाको राजनीतिक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउनु स्वागतयोग्य छ’, मालेका कार्यालय सचिव महेन्द्र शाहले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दुवै पक्षको वार्ताद्वारा गरिएको सहमतिको विवरण चाँडै सार्वजनिक हुने विषयबारे पार्टी प्रतिक्षारत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच सो पार्टीले मंगलबारका ताप्लेजुङमा भएको आगलागीको घटनाप्रति पनि दुःख व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]