२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

मिडिया नेपालको राष्ट्रिय भेला शुरु विप्लपले हिंसा त्याग्नु सकारात्मक :थापा

Logo
प्रकाशित शनिबार, फाल्गुण २२, २०७७

(तेज वली)
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विप्लव नेतृत्व नेकपाले हातहतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्यागेको घोषणा गर्नुपर्ने बताएका छन् ।

विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको थापाले बताए । शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

पूर्व उपप्रधानमनत्रीसमेत रहेका अध्यक्ष थापाले राप्रापासहित सबै शक्तिबीच सर्वपक्षीय गोलमेच सम्मेलन गरी सधैका लागि स्थायी व्यवस्था कायम गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रिय राजनीतिमा राष्ट्रवादी भएर बाच्न गाह्रो हुने बताउँंदै देशी र विदेशी शक्तिहरु राष्ट्रवादीहरुलाई देख्न पनि नचाहेको धारणा राखे ।

प्रजातन्त्रको मेरुदण्ड सञ्चारजगत भएको उल्लेख गर्दै सञ्चारजगत बलियो भएमात्र प्रजातन्त्र बलियो हुने थापाको भनाइ थियो । कसैको दवाव र प्रभावमा नपरी स्वतन्त्र र सत्यको आधारमा निष्पक्ष पत्रकारिता गर्न थापाले आग्रह गरे ।

राप्रपाका नेता तथा पूर्वमन्त्री दिपक बोहोराले मिडिया खेमावन्दीमा परेकाले सत्यतथ्य र निष्पक्षीय समाचारहरुले ठाउं नपाएको दावी गरे । उनले राष्ट्रवादी धारमा स्वतन्त्र पत्रकारिताको आवश्यक्ता रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले नेपालमा व्यवस्था परिवर्तन गर्ने बेला आएको बताए ।

राज्य व्यवस्था परिवर्तका लागि सबै हिन्दुवादी र राष्ट्रवादीलाई एक ठाउंमा ल्याउनुपर्नेमा उनको जोड थियो । मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडी,पत्रकार वालकृष्ण चापागाई लगायतले बोलेका थिए । मिडिया नेपालको राष्ट्रिय भेला दुई दिन २१ r २२ गतेसम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]