२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरीले चोरीका ५२ थान मोबाइलसहित ४ जना पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण २२, २०७७

ABC क्राईमबिट काठमाडौं । चोरीका ५२ थान मोबाइल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर प्रयागपोखरी बस्ने भारत बिहार ठेगाना भएका ३२ वर्षीय जहिर अन्सारी, काठमाडौं कपन बस्ने काठमाडौं महानगरपालिका-६ बौद्ध ठेगाना भएका २७ वर्षीय दिपेश श्रेष्ठ, काठमाडौं कपन बस्ने चितवन भरतपुर महानगरपालिका-११ घर भएका २९ वर्षीय अमित राना मगर र काठमाडौं महानगरपालिका-३० असन बस्ने ३३ वर्षीय बिक्रम शाही रहेका छन् । कुपण्डोलस्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले ललितपुर सानेपास्थित एमआई सोरुमसँग सम्झौता गरी डडेलधुरास्थित उग्रतारा मार्केटिङको लागि पठाउन लागेको एमआई कम्पनीको रेड्मी नोट नाइन मोबाइल सेटहरु फागुन २ गते दिउँसो डल्लुबाट कालीमाटी हुँदै काठमाडौं परोपकार जाने क्रममा परो…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]