२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

महासचिव विप्लवले पाए पूर्वप्रधानमन्त्री सरहको सुरक्षाकर्मीहरु

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७


ABC Sanchar
काठमाडौं । सरकारी प्रतिबन्धपछि हालै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन्। शुक्रबारमात्रै खुला राजनीतिमा आएका विप्लवलाई सरकारले भीभीआईपी व्यक्तिलाई दिने सुरक्षा प्रदान गरेको छ।

गृहमन्त्रालयले विप्लवको सुरक्षामा प्रधानमन्त्री भइसकेका व्यक्तिलाई दिइने सुरक्षा प्रदान गरेको हो।

हाल विप्लवको सुरक्षामा प्रहरी निरिक्षकको कमाण्डमा १० जना सुरक्षाकर्मी खटिएका छन्।

विप्लवले हाल सम्म सांसद बन्न अस्वीकार गरेका छन् भने कुनै सरकारी पदमा समेत गएका छैनन्।

संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद ल्याउन पर्ने भन्दै एकिकृत जनक्रान्तिको कार्यदिशामा अघि बढिरहेका विप्लवले व्यवस्था परिवर्तनका लागि हाल जनमत सँग्रह गरिनुपर्ने प्रस्ताव अघि सारेका छन्।

विप्लवको सुरक्षामा उनको दल नेकपाले गठन गरेको जनसेना समेत परिचालित छ।

सरकारले पछिल्लो समय सुरक्षा कार्यविधी बनाएर भीभीआईपीको सुरक्षा कटौती गरिरहेका बेला विद्रोही नेता विप्लवले भने उच्च श्रेणीको सुरक्षा पाएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]