०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

समिराको लागि सहयोगी हात बढदै

Logo
प्रकाशित शनिबार, जेठ २६, २०७५

समिरालाई बचाउँ ।।

सनिउल्ला धोबी, कपिलवस्तु जेठ २६

३ वर्षिय ब्लड क्यानसर पिडित बालिका समिरा वोहोराको उपचारको लागी समिरा वचाउ अभियानवाट सहयोगका लागि सहयोगी बढदै छन । सहयोगीहरुबाट संकालित रकमलाई एक कार्यक्रम विच हस्तानतरण गरिएको छ । संचारकर्मी अराज सिह वेल्वासेले संचालन गरेको सो अभियान वाट नगद जम्मा भएको ६८ हजार रकम पिडितका बुवा सचिन बोहोरालाई बेल्वासेले हस्तानतरण गरे । अर्घाखाची जिल्ला सितगंगा निवासी सचिन वोहोरा विगत लामो समयदेखी छोरीको उपचारको लागी भारतको चंन्निगढ पिजि आइ अस्पतालमा रहेका छन । त्यस्तै सोहि
अभियान वाटै उपचारको लागी आइ एम इ वाट ३९ हजार ३ सय रकम प्राप्त भएको छ । त्यस्तै सहयोगी दाता वाट ४७ हजार रकम घोषण भएको तर उठन वाकी रहेको अभियानकर्मी वेल्वासेले वताए । त्यस्तै ४८हजार ६ सय रकम प्राप्त गर्न वाकी रहेको वताए । सहयोगी मनहरुले सचिन वोहोराको मोबाइल नं ९८४७३१४६५१,बाण्ज्यि बैक खाता नं ३३८०००००१३०१ मा जम्मा गर्न सक्नु हुनेछ । साथै अभियानकर्मी अराज सिह बेल्वासे मोबाइल नं ९८५७०५५४२५ पनि सम्पर्क गरेर सहयोग गर्ने आपेक्षा गरिएको छ ।

चन्द्रौटामा पत्रकार सम्मेलन गरी सो रकम पिडितका बुवा सचिन वोहोरालाई दिइएको छ । वोहोरालाई करिव ८ लाख रकम सहयोग उपलव्ध भएको र उपचारको लागी १६ लाख रकम आवश्यक रहेको वताए । सहयोगीदाताहरुलै धन्यवाद दिदै वोहोराले थोपा थोपा गरि संकलन गरेको रकमले आफ्नी छोरी वाच्न सक्ने वताए । पहिला भन्दा धेरै सुधार भएको भन्दै वोहोराले सक्दो सहयोग गर्न आग्रह गरे । कार्यक्रममा पत्रकार सिताराम चौधरीले वोहोराको सिघ्र स्वास्थ्य लाभको कामना गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!