२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

तुल्सीपुरको टोलटोलमा प्रहरी नागरिकको संयुक्त गस्ती सुरु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

(तेज वली)
दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले टोल स्थानिय टोल सुरक्षा समिति संग संयुक्त गस्ती संचालन गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार समाजमा शान्ति सुरक्षा कायम राख्न तथा समाजका हरेक समस्याको पहिचाहन गरी समाजमा हुने अपराध न्युनिकरण गर्दै अपराधलाई प्रहरी सम्म पु¥याउनको लागि संयुक्त गस्ती संचालन गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

साथै प्रहरी नायव उपरिक्षक सिंहले मातहतका सम्पुर्ण प्रहरी युनिटका ईञ्चार्जहरुलाई गस्ती गर्न निर्देशन दिए संगै प्रहरी र जनता मिलेर रात्रीकालिन गस्ती गर्न थालिएको हो ।
समाजमा शान्ति सुरक्षा कायाम राख्न तथा समाजका हरेक नागरीकहरुलाई बिना बर्दिका प्रहरी हुने मनोभावना जगाउनुका साथै कानुन विपरीतका कार्य गर्ने व्यक्तिलाई स्थानियबाट नै कार्वाहीको दायरामा ल्याउन सकियोस र कुनै व्यक्ति पिडित भएर बस्न नपरोस भन्ने उदेश्यका साथ गस्ती अभियान थालिएको प्रहरीले बताएको छ ।

ससाना घटनामा समाजमा नै गुमनाम हुने र सोझा जनता प्रहरीको पहुँच सम्म पुग्न समेत नसक्ने भएकोले सबै नागरीकमा प्रहरी प्रतिको व्यवहार परिवर्तन गरी गलत संस्कारको विरोध गर्ने सक्ने भावनाको विकास होस भन्ने पनि अभियानको उदेश्य हो ।

रात्रीकालिन गस्ती तुलसीपुर उपमहानगरपाका सम्पुर्ण वडा दंगीशरण गाउपालिकाका सम्पुर्ण वडा तथा विषेश गरी प्रहरीले बढि संवेदनशिल एरिया छुट्यायर स्थानिय नागरीक संग संयुक्त रुपमा रात्रिकालिन गस्ति गर्न थालिएको हो । सबै टोल सुरक्षा समितिले रात्रीकालीन गस्ति पोसाक समेत निर्माण गरी सुरक्षा समितिको पहिचाहन समेत बनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]