०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

दुना टपरी सम्बन्धी तालिम दाखाक्वाडिमा सुरु

Logo
प्रकाशित शनिबार, जेठ २६, २०७५

राम बहादुर बिश्वकर्मा, प्युठान
प्युठान नगरपालिका नम्बर ४ का अध्यक्ष लक्ष्मीप्रकास राजभण्डारीले प्लाष्टिक मुक्त वडा बनाउनुपर्नेमा जोड दिनुभएको छ।

प्युठान नगरपालिका १ र ४ को आर्थिक सहयोग तथा ग्रामिण आर्थिक बिकास मंच खलंगाको आयोजनामा ५ दिने दुना टपरी बनाउने तालिमको उद्घाटन गर्दै राजभण्डारीले भन्नुभयो- “तालिम पश्चात उद्दमी बनेका व्यक्ति समेत उत्पादित सामग्रीको बजारको अभावमा पलायन भैरहेको पाईएको छ ,अब साना तथा मझौला उद्योग विकासका लागि उत्पादित वस्तुको बजारीकरण नै अहिलेको आवश्यकता रहेकाले स्थानीय स्तरमा उत्पादित सामाग्री को बजारीकरण मा स्वयं उद्दमि र स्थानीय तह समेत लाग्नुपर्ने देखिन्छ ।”

प्युठान नगरपालिका १ का अध्यक्ष रमेश कुमार आचार्यले उद्दमशिलता बिकास गरि आत्मनिर्भर बन्न आबस्यक छ ,तालिम तालीमका लागी मात्र होइन सिप आर्जन गरि व्यावसायिक बन्नु ठुलो कुरा भएकाले उत्साहका साथ सिप आर्जन गर्न सहभागीलाई आग्रह गर्नुभयो । सीप भनेको प्रतिभा, तालिम वा अभ्यासबाट विकसित कुनै काम गर्न सक्ने क्षमता भएकाले सिप बिकास गर्नमा जोड दिनु पर्ने आयोजक सस्थाकी उपाध्यक्ष निर्मला पोखरेल ले बताउनुभयो ।
तपाईँको सीप नै सबैभन्दा ठूलो सम्पत्ति हो,हिजोकोदिनमा आफ्नो प्रयोजनका लागी हातले दुना टपरी बनाउनु हुन्थ्यो , अब तपाईंले आधुनिक प्रबिधिको प्रयोग गरि व्यापार व्यवसायको विकास गर्न अत्यावश्यक छ, उद्यमीको व्यावसायिक सीप बढ्नु नै समृद्धिको आधार हुन सक्ने पोख्रेलले बताउनुभयो । प्युठान नगरपालिका १ र ४ का १९ जना उक्त तालिममा सहभागी रहेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!