२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मापसे गरेर प्रहरीलाई घुस दिने दुई जना सुर्खेत बाबियाचौरबाट पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०४, २०७७

(सागर थापा)
सुर्खेत । ईलाका प्रहरी कार्यालय बाबियाचौरले डिउटीमा रहेका असई राजेश के.सी. र प्रहरी जवान लक्ष्मण बहादुर बिष्टलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ ।
ट्राफिक प्रहरीको चेकिङ्गमा परेका बेला घुस दिएर उम्किन खोजेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पन्चपुरी नगरपालिका ५ पालबजार स्थित ईलाका प्रहरी कार्यालय बाबियाचौर बाट खटिएको ट्राफिक प्रहरी सहितको टोलीले चेकजाँचको क्रममा घुस दिन खोज्ने पन्चपुरी नगरपालिका १० बस्ने ४६ वर्षीय चक्र टमाटा र सोही ठाउँ बस्ने ३७ बर्षिय धर्म तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद घर्ती मगरले जानकारी दिनुभएको छ।

पक्राउ परेका दुवै जना लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रबक्ता डिएसपी घर्तीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।