२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

३ दिने बिश्लेषणात्मक चिन्तन तालिम सम्पन्न

Logo
प्रकाशित आइतबार, जेठ २७, २०७५

रमेश गिरी,२७ जेठ प्युठान

प्युठान नगरपालिका वडा न. १० काे अायाेजनामा ३ दिने विश्लेषणात्मक चिन्तन तालिम अाज सम्पन्न भएकाे छ ।
प्युठान नगरपालिका वडा नम्वर १० का २५ जना र वडा न ९ बाट ८ जना गरि ३३ जना शिक्षकहरूकाे सहभागिता रहेकाे थियाे ।
प्रभावकारी रूपमा शिक्षण गर्न सहयाेग पुगाेस भन्ने उद्धेश्यका साथ वडा नम्वर १० ले अायाेजना गरेकाे थियाे ।
उक्त तालिमकाे प्रशिक्षण वुटबल बहुमुखी क्याम्पसका उप प्रमुख डा: सुरेन्द्र गिरी ,र सहायक प्राध्यापक प्रकाश पाैडेलले गर्नु भएकाे थियाे ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवम नगरप्रमुख अर्जुन कुमार कक्षपतीले शैक्षिक स्तरमा परिवर्तन ल्याउन नगरपालिकाले जुनसुकै सहयाेग गर्न पनि तयार रहेकाे वताउनु भएकाे थियाे । यस तालिमबाट सिकेका कुराहरूलाई व्यवहार लागू गर्न सबै सहभागी शिक्षकलाई निर्देशन समेत दिनु भएकाे छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रेशमा केसी, नगरपालिका शिक्षा एकाईका स्राेत व्याक्ति सविना पण्डित,वडा न. ९ का वडा अध्यक्ष नेहरसिंह केसी लगाएका वक्ताले तालिममा सहभागी भई सफलतापुर्वक तालिम लिनु भएकाेमा धन्यवाद दिनु भएकाे थियाे ।
समापन कार्यक्रमकाे अध्यक्षता वडा न१० का वडा अध्यक्ष पदम गिरीले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन वडा सचिव डुक वहादुर थापाले गर्नु भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

दाङ । भालुवाङमा चेकजाँच गर्ने क्रममा बिल-बिजक नभएको ठूलो परिमाणको फलफूल बरामद गरेको छ। *बरामदको विवरण:* – *स्थान*: दाङ, राप्ती गाउँपालिका-१, भालुवाङ पुलचोक, पूर्व-पश्चिम राजमार्ग – *गाडी*: बा.प्र.०६-०१ च. ४१ नम्बरको योद्धा पिकअप – *चालक*: पूर्वी नवलपरासी, कावासोति न.पा.-१४ का २९ वर्षीय *कुम नारायण महतो* – *फलफूल*: 1. *आँप – ९२० के.जी* 2. *हरियो नरिवल […]

error: Content is protected !!