२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गुन्डा नाइके र व्यापारीको हतियार काठमाडौं प्रहरीद्वारा बरामद

Logo
प्रकाशित आइतबार, जेठ २७, २०७५

सागर थापा, दाङ– इजाजत रद्द गरी महानगरीय अपराध महाशाखा काठमान्डौले ४ जनाको हतियार बरामद गरेको छ। विगतमा विवादास्पद व्यक्तिहरुलाई दिइएको हतियार प्रहरीले बरामद गरेको हो।वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’, आङकाजी शेर्पा र रघुनाथ पुरीको हतियार प्रहरीले बरामद गरेको हो।
वीरेन्द्रलाल श्रेष्ठ प्रहरीका बिचौलिया र मिटर ब्याज धन्दाका नाइकेका रुपमा चिनिन्छन्। ‘क्यासिनो किङ’का उपनामले चिनिने बले जुवाका नाइके हुन्। विजयकुमार गच्छेदार गृहमन्त्री हुँदा उनले हतियारको लाइसेन्स लिएका थिए। हाल निलम्बनमा रहेका सहसचिव चुडामणि शर्मा काठमाडौं सिडिओ हुँदा उनलाई लाइसेन्स दिएका थिए।

गुन्डागर्दीको आरोपमा उनी विगतमा पटक पटक पक्राउ परेका थिए। त्यस्तै आङकाजी गुन्डागर्दीमा संलग्न व्यक्ति हुन् भने पुरी म्यानपावर सञ्चालक हुन्। पुरीले हतियारको दुरुपयोग गरी विभिन्न व्यक्तिहरुलाई तर्साउने गरेको प्रहरी स्रोत बताउँछ। उनीहरुले लाइसेन्स लिएका हतियार दुरुपयोग गरेकोले इजाजत रद्द गरिएको काठमाडौंका सिडिओ केदार शर्माले बताए।सिडिओ कार्यालयले इजाजत रद्द गरेपछि अपराध महाशाखाले हतियार बरामद गरेको हो।
सुरक्षा थ्रेटका नाममा उनीहरुले विगतमा लाइसेन्स लिएका थिए। सुरक्षा थ्रेटका आधारमा नभई विगतमा सोर्सफोर्सका आधारमा हतियारको लाइसेन्स दिने गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!