२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

गुन्डा नाइके र व्यापारीको हतियार काठमाडौं प्रहरीद्वारा बरामद

Logo
प्रकाशित आइतबार, जेठ २७, २०७५

सागर थापा, दाङ– इजाजत रद्द गरी महानगरीय अपराध महाशाखा काठमान्डौले ४ जनाको हतियार बरामद गरेको छ। विगतमा विवादास्पद व्यक्तिहरुलाई दिइएको हतियार प्रहरीले बरामद गरेको हो।वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’, आङकाजी शेर्पा र रघुनाथ पुरीको हतियार प्रहरीले बरामद गरेको हो।
वीरेन्द्रलाल श्रेष्ठ प्रहरीका बिचौलिया र मिटर ब्याज धन्दाका नाइकेका रुपमा चिनिन्छन्। ‘क्यासिनो किङ’का उपनामले चिनिने बले जुवाका नाइके हुन्। विजयकुमार गच्छेदार गृहमन्त्री हुँदा उनले हतियारको लाइसेन्स लिएका थिए। हाल निलम्बनमा रहेका सहसचिव चुडामणि शर्मा काठमाडौं सिडिओ हुँदा उनलाई लाइसेन्स दिएका थिए।

गुन्डागर्दीको आरोपमा उनी विगतमा पटक पटक पक्राउ परेका थिए। त्यस्तै आङकाजी गुन्डागर्दीमा संलग्न व्यक्ति हुन् भने पुरी म्यानपावर सञ्चालक हुन्। पुरीले हतियारको दुरुपयोग गरी विभिन्न व्यक्तिहरुलाई तर्साउने गरेको प्रहरी स्रोत बताउँछ। उनीहरुले लाइसेन्स लिएका हतियार दुरुपयोग गरेकोले इजाजत रद्द गरिएको काठमाडौंका सिडिओ केदार शर्माले बताए।सिडिओ कार्यालयले इजाजत रद्द गरेपछि अपराध महाशाखाले हतियार बरामद गरेको हो।
सुरक्षा थ्रेटका नाममा उनीहरुले विगतमा लाइसेन्स लिएका थिए। सुरक्षा थ्रेटका आधारमा नभई विगतमा सोर्सफोर्सका आधारमा हतियारको लाइसेन्स दिने गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!