२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अपहरणमा परेका एक बालकको शव बागमती बगरमा भेटियो

Logo
प्रकाशित सोमबार, जेठ २८, २०७५

रौतहट, २८ जेठ- अपहरणमा परेका एक बालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ ।
रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट उनको शव बरामद गरिसकेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले जानकारी दिनुभयो ।
टाउकोमा चोट देखिएकाले लठी अथवा काठले टाउकोमा हानेर उनको हत्या हुनसक्ने प्रारम्भिक अनुुमान रहेको प्रहरी निरीक्षक ओझाले बताउनुुभयो ।
अपहरण तथा हत्याको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुुभयो ।
पक्राउ परेकाको बयानको आधारमा बालकको शव बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानीले जानकारी गराउनुुभयो ।
हत्याको कारण भने खुुल्न नसकेको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।
शनिबार राति बालक युुवराज साह खान पिन गरेर आफ्नै घरमा सुुतिरहेका थिए । आइतबार बिहान ढिलै गरी उनका दाजुु निरञ्जन साह मोबाइल खाज्दै भाइ सुुतेको कोठाभित्र जाँदा मोबाइलसँगै युुवराज बेपत्ता भएको चाल पाएका थिए ।
नाबालकका साथ सञ्चालनमा रहेको उक्त मोबाइलमा दुुईवटा सिम रहेको थियो । मोवाइलमा नेपाल टेलिकमको ९८५५०२८३०६ र एनसेलको ९८१९२८७०० नम्बरको सिम रहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
घटनास्थल जिल्ला सदरमुुकाम कटहरियाबाट झण्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । कटहरीया नगरपालिकामा अपहरणपछि हत्या भएको यो पहिलो घटना रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!