१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

अपहरणमा परेका एक बालकको शव बागमती बगरमा भेटियो

Logo
प्रकाशित सोमबार, जेठ २८, २०७५

रौतहट, २८ जेठ- अपहरणमा परेका एक बालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ ।
रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट उनको शव बरामद गरिसकेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले जानकारी दिनुभयो ।
टाउकोमा चोट देखिएकाले लठी अथवा काठले टाउकोमा हानेर उनको हत्या हुनसक्ने प्रारम्भिक अनुुमान रहेको प्रहरी निरीक्षक ओझाले बताउनुुभयो ।
अपहरण तथा हत्याको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुुभयो ।
पक्राउ परेकाको बयानको आधारमा बालकको शव बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानीले जानकारी गराउनुुभयो ।
हत्याको कारण भने खुुल्न नसकेको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।
शनिबार राति बालक युुवराज साह खान पिन गरेर आफ्नै घरमा सुुतिरहेका थिए । आइतबार बिहान ढिलै गरी उनका दाजुु निरञ्जन साह मोबाइल खाज्दै भाइ सुुतेको कोठाभित्र जाँदा मोबाइलसँगै युुवराज बेपत्ता भएको चाल पाएका थिए ।
नाबालकका साथ सञ्चालनमा रहेको उक्त मोबाइलमा दुुईवटा सिम रहेको थियो । मोवाइलमा नेपाल टेलिकमको ९८५५०२८३०६ र एनसेलको ९८१९२८७०० नम्बरको सिम रहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
घटनास्थल जिल्ला सदरमुुकाम कटहरियाबाट झण्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । कटहरीया नगरपालिकामा अपहरणपछि हत्या भएको यो पहिलो घटना रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!