२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

तुलसीपुरका कैदीबन्दीलाई सकारात्मक सोच सम्बन्धी प्रशिक्षण

Logo
प्रकाशित बुधबार, चैत्र ११, २०७७

 

(तेज वली)
तुल्सीपुर । दाङका कारागारहरुमा सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । मंगलबार तुलसीपुर कारागारमा विभिन्न अपराधमा जेल जीवन बिताइरहेका महिला तथा किशोरीहरुलाई सकारात्मक सोच सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाण्डौको आयोजनामा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले एक कार्यक्रमका बिच आज प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख पौडेलले बाँकी जिवनलाई तनाव मुक्त बनाउन जीवन उपयोगी सीपको विकास गर्दै तनाव ब्यबस्थापनमा लाग्नु पर्ने बताए ।

उनले कारागार सुधारका कार्यक्रमहरुलाई आफुले प्राथमिकतामा राखेर काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा जीवन उपयोगी सिपको बारेमा जमुना महर्जन, शारिरीक स्वास्थ्य र मानसिक सवलताका बारेमा अनुराधा आचार्य, सिन्धु पाठक, पविना मिश्र लगायतले प्रशिक्षण दिएका थिए । तुलसीपुर कारागारमा २५ जना महिला र पाँच जना बालबालिका रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!