२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

कोरोनाको त्रास लकडाउन नगरेरै नियन्त्रणमा लिने सरकारको तयारी

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

ABC Sanchar
काठमाडौं । भारतमा कोरोना संक्रमितहरु दैनिकजसो बढ्न थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको छ ।

केही दिन अगाडिसम्म नेपालमा दैनिक कोरोना संक्रमित हुनेको संख्या दुई अंकमा सीमित थियो । तर, भारतमा संक्रमण बढेसँगै नेपालमा पनि दैनिक कोरोना संक्रमित हुनेको संख्या तीन अंकमा पुगेको छ ।

बुधबार मात्रै तीन हजार ९६३ जनाको नमूना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु स्वदेश फर्किन थालेका छन् ।

भारतबाट फर्किएका नेपालीहरुमा कोरोना भाइरसको संक्रमण समेत देखिन थालेको छ । बुधबार मात्रै कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका नेपालीमा कोरोना पुष्टि भएको थियो ।

कोरोना भाइरसको प्रकोप विकराल बन्न नदिन सरकारले पूर्व तयारी शुरु गरेको जनाइएको छ ।

जसअन्तर्गत स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा कडाइ गर्न थालिएको छ ।

अब सार्वजनिक स्थानमा मास्क नलगाइँ हिँड्ने तथा सामाजिक दुरी कायम नगर्नेलाई कारबाही गरिने भएको छ ।

गृह मन्त्रालयको निर्देशनानुसार देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न थालेका हुन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग २०२० बमोजिम कारबाही गरिने पनि जिल्ला प्रशासन कार्यालयहरुले चेतावनी दिएका छन् ।

भारतमा कोरोना संक्रमित हुनेको दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको असर नेपालमा समेत देखिने बताएको थियो ।

स्वास्थ्य मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै भारतमा कोरोना भाइरस संक्रमणको दर लगातार बढिरहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य नगर्न/नगराउन आग्रह गरेको थियो ।

भारतमा संक्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले सबैमा अपिल गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ती पछि गृह मन्त्रालयले कोरोना संक्रमण फैलिन नदिन सावधानी अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न भनेर ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

गृह मन्त्रालयले निर्देशन जारी गरेपछि देशभर नै डिस्ट्रिक कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीएमसी)को बैठक बसेको थियो ।

बैठकबाट स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्ने गराउने निणर्य भएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयहरुले चैत १५ र १६ गते हुने होली पर्व घरमै मनाउन, सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरुमा हुने भेला तथा जमघट नगर्न निर्देशन जारी गरेका छन् ।

जारी भएका निर्देशनहरुको अवज्ञा गरिए संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने पनि चेतावनी दिइएको छ ।

प्रमुख जिल्ला अधिकारीहरुको नेतृत्वमा रहेको डीसीएमसीको बैठकले जिल्लामा रहेका स्थानीय तहहरुसँग समन्वय गरी सबै क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरुलाई तयारी अवस्थामा राख्ने निणर्य समेत गरेका छन् ।

यस्तै, केस अनुसन्धान तथा कन्ट्याक्ट ट्रेसिङको काम पनि आवश्यकताअनुसार अगाडि बढाइने निणर्य गरिएको छ । यस्तै, अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई महामारी व्यवस्थापनको आवश्यक तयारी अवस्थामा रहन लगाउने पनि डीसीएमसीको बैठकहरुले निणर्य गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गर्न सक्ने भन्दै केही दिन यता हल्ला समेत चल्न थालेको छ । तर, तत्काल लकडाउन जारी गर्ने कुनै तयारी नरहेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढा बताउँछन् ।

अहिलेका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालनामा कडाइ गर्ने नीति रहेको बुढाले बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने, मास्क नलगाइ सार्वजनिक ठाउँमा जाने र अनावश्यक भिडभाड गर्नेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने बुढा बताउँछन् ।

पछिल्ला केही दिनमा नेपालमा समेत दैनिक संक्रमित थपिने दर बढ्न थालेको छ । बुधबार मात्रै ३ हजार ९६३ जनाको नमूना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म २ लाख ७६ हजार ३८९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको ।

जसमध्येका २ लाख ७२ हजार १८७ जना संक्रमण मुक्त भइसकेका छन् भने १ हजार १८२ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट हालसम्म ३ हजार २० जनाको मृत्यु भएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!