२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

कोरोनाको त्रास लकडाउन नगरेरै नियन्त्रणमा लिने सरकारको तयारी

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

ABC Sanchar
काठमाडौं । भारतमा कोरोना संक्रमितहरु दैनिकजसो बढ्न थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको छ ।

केही दिन अगाडिसम्म नेपालमा दैनिक कोरोना संक्रमित हुनेको संख्या दुई अंकमा सीमित थियो । तर, भारतमा संक्रमण बढेसँगै नेपालमा पनि दैनिक कोरोना संक्रमित हुनेको संख्या तीन अंकमा पुगेको छ ।

बुधबार मात्रै तीन हजार ९६३ जनाको नमूना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु स्वदेश फर्किन थालेका छन् ।

भारतबाट फर्किएका नेपालीहरुमा कोरोना भाइरसको संक्रमण समेत देखिन थालेको छ । बुधबार मात्रै कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका नेपालीमा कोरोना पुष्टि भएको थियो ।

कोरोना भाइरसको प्रकोप विकराल बन्न नदिन सरकारले पूर्व तयारी शुरु गरेको जनाइएको छ ।

जसअन्तर्गत स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा कडाइ गर्न थालिएको छ ।

अब सार्वजनिक स्थानमा मास्क नलगाइँ हिँड्ने तथा सामाजिक दुरी कायम नगर्नेलाई कारबाही गरिने भएको छ ।

गृह मन्त्रालयको निर्देशनानुसार देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न थालेका हुन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग २०२० बमोजिम कारबाही गरिने पनि जिल्ला प्रशासन कार्यालयहरुले चेतावनी दिएका छन् ।

भारतमा कोरोना संक्रमित हुनेको दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको असर नेपालमा समेत देखिने बताएको थियो ।

स्वास्थ्य मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै भारतमा कोरोना भाइरस संक्रमणको दर लगातार बढिरहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य नगर्न/नगराउन आग्रह गरेको थियो ।

भारतमा संक्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले सबैमा अपिल गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ती पछि गृह मन्त्रालयले कोरोना संक्रमण फैलिन नदिन सावधानी अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न भनेर ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

गृह मन्त्रालयले निर्देशन जारी गरेपछि देशभर नै डिस्ट्रिक कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीएमसी)को बैठक बसेको थियो ।

बैठकबाट स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्ने गराउने निणर्य भएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयहरुले चैत १५ र १६ गते हुने होली पर्व घरमै मनाउन, सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरुमा हुने भेला तथा जमघट नगर्न निर्देशन जारी गरेका छन् ।

जारी भएका निर्देशनहरुको अवज्ञा गरिए संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने पनि चेतावनी दिइएको छ ।

प्रमुख जिल्ला अधिकारीहरुको नेतृत्वमा रहेको डीसीएमसीको बैठकले जिल्लामा रहेका स्थानीय तहहरुसँग समन्वय गरी सबै क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरुलाई तयारी अवस्थामा राख्ने निणर्य समेत गरेका छन् ।

यस्तै, केस अनुसन्धान तथा कन्ट्याक्ट ट्रेसिङको काम पनि आवश्यकताअनुसार अगाडि बढाइने निणर्य गरिएको छ । यस्तै, अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई महामारी व्यवस्थापनको आवश्यक तयारी अवस्थामा रहन लगाउने पनि डीसीएमसीको बैठकहरुले निणर्य गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गर्न सक्ने भन्दै केही दिन यता हल्ला समेत चल्न थालेको छ । तर, तत्काल लकडाउन जारी गर्ने कुनै तयारी नरहेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढा बताउँछन् ।

अहिलेका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालनामा कडाइ गर्ने नीति रहेको बुढाले बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने, मास्क नलगाइ सार्वजनिक ठाउँमा जाने र अनावश्यक भिडभाड गर्नेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने बुढा बताउँछन् ।

पछिल्ला केही दिनमा नेपालमा समेत दैनिक संक्रमित थपिने दर बढ्न थालेको छ । बुधबार मात्रै ३ हजार ९६३ जनाको नमूना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म २ लाख ७६ हजार ३८९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको ।

जसमध्येका २ लाख ७२ हजार १८७ जना संक्रमण मुक्त भइसकेका छन् भने १ हजार १८२ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट हालसम्म ३ हजार २० जनाको मृत्यु भएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!