०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

युट्युव हेर्दै नक्कली नोट बनाउने २ जना ब्यक्ति पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

ABC Sanchar
काठमाडौं । सामाजिक सञ्जाल युट्युवमा भिडियो हेरेर नक्कली नोट बनाउने दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका १ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका ३ बस्ने रौतहट गुजरा नगरपालिका २ घर भएका ३५ वर्षीय गनबहादुर लोप्चान पक्राउ परेका हुन् ।

उनीहरुलाई नक्कलीजस्तो देखिने नेपाली नोट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली नोट लिई आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई ५ सय दरको ९ थान नक्कली जस्तो देखिने नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गन बहादुरलाई नियन्त्रणमा लिई उनको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५ सय दरको ५७ थान, १ सय दरको २ थान नक्कलीजस्तो देखिने नेपाली नोट, १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली जस्तो देखिने नोटलाई सक्कली जस्तो देखाउनका लागि सेक्युरिटी थ्रेडबनाउने कच्चा पदार्थ लगायतका विभिन्न सामानहरु फेला पारी बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । कालीमाटी प्रहरी वृत्त प्रमुख अपिलराज बोहोराका अनुसार अभियुक्तहरुले नक्कली नोट बनाउने कला युट्युबमा हेरेर थाहा पाएको बयान दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]