२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रेशम चौधरी र महेश बस्नेत बीच भेट मुद्दा फिर्ता प्रक्रिया सुरु

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

 

ABC Sanchar
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका याेजना कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्ने भनिएर चिनिएका एमाले नेता महेश बस्नेत बिहानै सजपा नेता तथा कैलाली १ नंम्बर बाट निर्बाचित सांसद रेशम चौधरी बीच बिहानै भेटघाट भएको छ।

पछिल्लो समय एमाले र जनता समाजबादी पार्टी बीच सत्ता समीकरण सहमतीको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनकै पार्टीका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव बर्तमान सरकारमा सामेल भएर के पी शर्मा ओली संग सहकार्य गर्ने हुदैन भनेर लागेको बेला बर्तमान सरकारमा समाबेस हुन अन्तिम तयारी गरिरहेका सजपा अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतो लगायत नेताहरुले बालुवाटार संग अन्तिम सहमति गर्न लागेको बताइन्छ।

डा. बाबुरा भट्टराई र उपेन्द्र यादवले रेशम चौधरी के पी सरकार संग सहमत छैनन भनेर प्रचार गरि रहेको बेला यसै हप्ता सजपा नेता राजेन्द्र महतो र सरकारका एक शक्तिशाली मन्त्रीले समेत चौधरीरी भेटेको बताएको छ। हिजो मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले थारु कल्याणकारी शभाले गरेको रेशम चौधरीको रिहाइको आन्दोलनमा सहभागी भएर प्रतिबद्धता जनाउनु। रेशम चौधरीले पार्टीको निर्णय मान्ने र सरकारमा सहभागी हुने संकेत गरेर बक्तब्य दिनु भएकाे छ ।

पुर्ब मन्त्री सहित रहेका महेश बस्नेत गृह मन्त्रालय, सरकारी वकिल संग आबास्यक परामर्श लिइ हिजोको क्याबिनेटले मुद्दालाई सहज ढंङ्गले अगाडि बडाउन प्रक्रिया थालनी गरेको सन्देश पुर्‍याउन गएको अनुमान गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]