०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

रेशम चौधरी र महेश बस्नेत बीच भेट मुद्दा फिर्ता प्रक्रिया सुरु

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

 

ABC Sanchar
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका याेजना कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्ने भनिएर चिनिएका एमाले नेता महेश बस्नेत बिहानै सजपा नेता तथा कैलाली १ नंम्बर बाट निर्बाचित सांसद रेशम चौधरी बीच बिहानै भेटघाट भएको छ।

पछिल्लो समय एमाले र जनता समाजबादी पार्टी बीच सत्ता समीकरण सहमतीको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनकै पार्टीका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव बर्तमान सरकारमा सामेल भएर के पी शर्मा ओली संग सहकार्य गर्ने हुदैन भनेर लागेको बेला बर्तमान सरकारमा समाबेस हुन अन्तिम तयारी गरिरहेका सजपा अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतो लगायत नेताहरुले बालुवाटार संग अन्तिम सहमति गर्न लागेको बताइन्छ।

डा. बाबुरा भट्टराई र उपेन्द्र यादवले रेशम चौधरी के पी सरकार संग सहमत छैनन भनेर प्रचार गरि रहेको बेला यसै हप्ता सजपा नेता राजेन्द्र महतो र सरकारका एक शक्तिशाली मन्त्रीले समेत चौधरीरी भेटेको बताएको छ। हिजो मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले थारु कल्याणकारी शभाले गरेको रेशम चौधरीको रिहाइको आन्दोलनमा सहभागी भएर प्रतिबद्धता जनाउनु। रेशम चौधरीले पार्टीको निर्णय मान्ने र सरकारमा सहभागी हुने संकेत गरेर बक्तब्य दिनु भएकाे छ ।

पुर्ब मन्त्री सहित रहेका महेश बस्नेत गृह मन्त्रालय, सरकारी वकिल संग आबास्यक परामर्श लिइ हिजोको क्याबिनेटले मुद्दालाई सहज ढंङ्गले अगाडि बडाउन प्रक्रिया थालनी गरेको सन्देश पुर्‍याउन गएको अनुमान गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]