२७ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

३ मिटरको नालीमा १ मिटर कायम

Logo
प्रकाशित मंगलबार, जेठ २९, २०७५

माधव बेल्वासेचन्द्रौटा कपिलवस्तु जेठ २९कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा बजार पछाडी नाली नक्सामा ३ मिटर भए पनि निर्माण १ मिटर मात्रै भएको छ । नक्सामा ३ मिटरको भए पनि नालीको जग्गा १ मिटर मात्रै बचेको हुनाले १ मिटर मै नालि निर्माण गरिएको शिवराज नगरपालिकाले जनाएको छ । नक्साको आधारमा नाली निर्माण गर्दा बजारका धेरै व्यक्तिहरुको भौतिक संरचना भत्काउनु पर्ने र बर्षायाम पनि शुरु भई सकेकोले जसरी भए पनि नाली निर्माण गर्ने तर्फ नगरपालिकाको ध्यान गएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । नक्सा अनुसार नाली निर्माण नभए पछि भने स्थानीय बासीहरु भने रुष्ट बनेका छन । नालीको जग्गामा बजारका गन्यमान्य व्यक्तिहरुले अतिक्रमण गरी भौतिक संरचना बनाएको हुदाँ नगरपालिकाले ती संरचना भत्काउन नसकी एक मिटर नाली कायम गरी काम गरेको स्थानीयले आरोप लगाएका छन ।नगरपालिका भित्रका अन्य वडाहरुमा नाली निर्माण र बाटोको निहुँमा भौतिक संरचना भत्काएर २ मिटर नाली निर्माण गर्न सफल नगरपालिकाले चन्द्रौटा बजार क्षेत्र भित्र भने सार्वजनिक जग्गा र नक्सामा हुदाहुदै पनि १ मिटर मात्रै नाली निर्माण गरेको स्थानियले बताएका छन । पुराना घरहरु पनि सार्वजनिक स्थलमा रहेको नया घरहरु पनि त्यहि अनुसार भइरहेकोले त्यसलाई नगरपालिकाले तत्काल रोक्नुपर्ने सुवास जयसवालले वताए । नक्सामा रहेको ३ मिटर नै कायम गरे नाली बनाउन जयसवालले नगरपालिकालाई आग्रह गरे।वर्षाको समयमा अत्याधिक पानी आउने भएकोले १ मिटरको नालीमा पानी नअटाउने स्थानियहरुको भनाइ रहेको छ ।सरकारी जग्गामा निमार्ण गरेका सम्पुर्ण संचारनाहरुले भत्काएर नाली निमार्ण गर्न सकेमा मात्र डुवान वाट वच्न सकिने स्थानिय सोन वहादुर सारुले वताए । सरकारी जग्गा कव्जा गर्ने अधिकार नभएकै भन्दै नाली निमार्णमा कसैले अवरोध गर्न नहुने सारुले वताए । नाली निर्माण पछि सार्वजनिक जग्गा मिचेर बनेका संरचनाहरुलाई विस्तारै हटाउदै जाने नगर प्रमुख अधिकारीले बताउनु भएको छ । भौतिक संरचना तत्काल भत्काउनु भन्दा बर्षायाममा हुने डुवानको समस्य जटिल भएकोले अहिले जसरी भए पनि पानीको निकास हुने नाली निर्माण गर्ने र पछि नक्सा अनुसार नै ३ मिटर नाली कायम गरिने अधिकारीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

error: Content is protected !!