२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

होली पर्व घरमै बसेर मनाउन तुल्सीपुर DSP सिंहको आग्रह

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

(सागर थापा)
दाङ । होलीमा सार्वजनिक कार्यक्रम नगर्न ईलाका प्रहरी कार्यालय तुल्सीपुरले सम्पूर्णमा आग्रह गरेको छ । घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै दाङ प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ ।
चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी र लोला हानेमा कानुनी कारवाही गरिने ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिसपी शिव बहादुर सिंहले एबिसी संचार र खबर 24 नेपाललाई बताए ।

सडकमा हिँडेका मानिसलाई इच्छा विपरित अवीर नदल्न प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले एक विज्ञप्ति सूचना मार्फत भनेको छ, ‘कोरोना संक्रमण बढ्नेतर्फ सचेत रहँदै नागरिकको जिम्मेवारी कसैले पनि नभुलौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।