२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

होली पर्व घरमै बसेर मनाउन कोहलपुर DSP खनालको आग्रह

Logo
प्रकाशित शनिबार, चैत्र १४, २०७७

(महेन्द्र सिंह)
बाँके । हिन्दुहरुको होली पर्वमा सार्वजनिक कार्यक्रम नगर्न ईलाका प्रहरी कार्यालय कोहलपुरले सम्पूर्णमा आग्रह गरेको छ । सम्पूर्ण घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै कोहलपुर प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ ।
चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी र लोला हानेमा कानुनी कारवाही गरिने ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिसपी रबिन्द्र खनालले एबिसी संचार र खबर 24 नेपाल लाई बताए ।

सडकमा हिँडेका मानिसलाई इच्छा विपरित अवीर नदल्न प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले एक विज्ञप्ति सूचना मार्फत भनेको छ, ‘कोरोना संक्रमण बढ्नेतर्फ सचेत रहँदै नागरिकको जिम्मेवारी कसैले पनि नभुलौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।