१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

प्युठान अस्पताललाई जेनेरेटर हस्तान्तरण

Logo
प्रकाशित बुधबार, जेठ ३०, २०७५

राम बहादुर बिश्वकर्मा, प्युठान

नियमित सेवा संचालनका लागि प्युठान जिल्ला अस्पताललाई जेनेरेटर उपलब्ध गराईएको छ । बिजुलीको चरम अभाव खेपिरहेको जिल्ला अस्पताललाई सहयोग पुर्‍याउने उद्देश्यले प्युठान नगरपालिका सहयोगमा प्राप्त ६२.५ के भि ए क्षमताको जेनेरेटर बुधवार एक कार्यक्रमबीच अस्पताललाई हस्तान्तरण गरिएको हो । बिजुली नियमित नभएका कारण सेवाग्राही समस्यामा परेको विषयलाई दृष्टिगत गर्दै ऐतिहासिक प्रथम नगरसभाको निर्णयअनुसार जेनेरेटर उपलब्ध गरिएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । अस्पताल प्रयोजनका लागी मात्र प्रयोगमा ल्याउन पर्छ, बाहिर सप्लाई गरिनु हुँदैन यसको क्षमतामा ह्रास आउन सक्दछ केहि समय पछि ५० सैयाको सेवा प्रदान गराउने उद्देश्य भएकाले यस्ता पुर्बाधार थप गरिएको छ।

अहिलेसम्म मुखमा मात्र सुसासन र पारदर्शीता र जबाफदेहिताको कुरा गर्ने प्रचलन भएकाले यसको कार्यान्वयनको सुरुबात आफुबाट गर्नुपर्ने कक्षपतिले बताउनुभयो । अस्पतालबाट प्रदान गरिने जति पनि अत्यावशकिय सेवा उर्जाको अभावमा समस्या देखिएकाले यस्तो समस्यालाई टेवा पुर्याउने हेतुले जेनेरेटर प्रदान गरिएको प्युठान नगरपालिका प्रसासकिय अधिकृत नारायण प्रसाद भण्डारीले बताउनुभयो । पर्याप्त प्रबिधिको अभावमा सेवाग्राहीलाई सेवा प्रवाह गर्न गाह्रो थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ । उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेश पत्रमा फोटो […]

अहिले मोटोपनको कारण विश्वमा भयावह स्थिति सिर्जना भएको छ । सुविधासम्पन्न जीवनशैली तथा खानपानसम्बन्धी न्यून ज्ञानका कारण धेरै मानिस मोटोपनको समस्याबाट ग्रसित छन् । कुनै पनि मानिसको तौल तथा उचाइको अनुपात २५ वा सोभन्दा बढी भएमा उसलाई मोटोपनको समस्या भएको बुझिन्छ । मोटोपनका कारण शरीरमा अन्य धेरै नसर्ने दीर्घकालीन रोगहरू ह्दयाघात, पक्षघात, मधुमेह, उच्च रक्तचाप, […]

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ। गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो। आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त […]

error: Content is protected !!