१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

कृष्णलाई प्युठान नगरपालिकाको सहयोग,एक लाखको चेक हस्तान्तरण

Logo
प्रकाशित बिहिबार, जेठ ३१, २०७५

राम बहादुर बिश्वकर्मा,प्युठान

प्युठान नगरपालिका वडा नम्वर ९ भर्तेडाडाका कृष्ण के सि को उपचारका लागि प्युठान नगरपालिका द्वारा एक कार्यक्रम बिच एक लाखको चेक हस्तान्तरण गरिएको छ। सहयोग रकम हस्तान्तरण गर्दै प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कुमार कक्षपतिले चेक हस्तान्तरण गर्दै के सि को सिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । कार्यपालिकाको निर्णयले उनलाई उक्त रकम दिइएको प्युठान नगरपालिका प्रसासकिय अधिकृत नारायण प्रसाद भण्डारीले जानकारी दिए।करिब एक बर्ष अगाडी बहिनीको कुरुवा बसेका ३३ बर्षिय कृष्ण के सि एक्कासि बिहोस भइ ढलेका थिए ।काठमाडौंको टिचिङ्ग अस्पतालमा उपचार गराइए पनि आर्थिक अभाव भएपछि के सि बचाउ अभियान सुरु गरिएको थियो ।
उनलाई बचाउनका लागी देश बिदेशमा रहने आफन्तहरुबाट सहयोग जुटेपनि अझै सम्म अर्ध चेतन अबस्थामा बिस्तारामा लडिरहेका छ्न।होसमा आउन नसकेका के सिलाई उपचार गर्ने प्युठान ल्याइएको थियो । उपचारका लागी दैनिक धेरै रकम खर्च हुने भएकोले उनलाई घर फर्काइएको हो।

प्युठान न पा ९ का अध्यक्ष नेहरसिह के सि ले घाइतेको पारिबारिक अबस्था अत्यन्तै दयनीय भएकोले एम्बुलेन्स बाट घर देखी अस्पताल सम्म पुर्याउने रकम पनि जुटाउन नसक्ने अवस्था नरहेको बताए। काठमाडौंको टिचिङ्ग हस्पिटलको शैयामा लडिरहेका के सि लाई रकम अभावका कारण घर ल्याइएको थियो।वडा अध्यक्ष केसिको पहलमा बिरामिलाई जिल्लाकै अस्पतालमा भर्ना गरिएको हो ।अहिले सुरुको भन्दा केहि सुधार भएकोमा खुशी व्यक्त गर्दै घाइतेको मात्र होइन अब उनको उपचारका लागी गुमाउनुपरेको सानो टुक्रा खेत फिर्ता गर्न रकम जुट्न सके उनका सन्तति लाई ठुलो सहयोग मिल्न सक्ने हुँदा यस तर्फ सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो ।”बारिको टुक्रा थियो बाटाले लग्यो ,श्रीमान,कान्छो छोरा र एक मात्र छोरी लाई कालले लग्यो जेठो छोरालाई बचाउन, भएको सानो खेतको टुक्रा नै गुमाएको छु ।
छोरालाई निको हुन्छ भन्ने आसामा छु तर सम्पत्तिको नाममा रहेको खेतको टुक्रा जाने भयो आमा चन्द्रा के सि ले बताउनुभयो।”छोरालाई बचाउन धेरैले सहयोग गर्नुभएकै छ सबैलाई धन्यवाद छ,उहाँले भन्नुभयो ।करिब ३ महिना सम्म अस्पतालमा थलिएका
केसीको परिवार अत्यन्तै पिडित भएको छ के सीको घरमा परेका विपतहरू लाई स्मरण गर्ने हो भने एउटा मार्मिक नाटक नै बन्न सक्छ। २०७३ सालको तिहारमा समुदायका ब्यक्तिले टीका लगाउदै रमाउदै गर्दा के सीको भाइ २९ बर्षे कुल बहादुर के सी को तिहार कै दिनमा असामान्य रूपमा मृत्यु भयो ।
वुवा, आमा, श्रीमती अनि छोराहरूको आम्दानीको स्रोतमा ठुलै धक्का पुग्यो । त्यस्को १ वर्ष नबित्दै २०७४ सालको स्थानिय तहको निर्वाचनको चलपहल बढेको बेला के .सी को परिवारको मुल खाबो अथवा बुबा डिम बहादुर के सी को जेष्ठ २८ गते घरमै दुर्घनामा परि मुत्यु भयो , गरिव परिवारको आम्दानीका स्रोत पुरै बन्द हुने अवस्थामा पुग्यो ,दिन प्रतिदिन गरिवीको घेराले च्याप्दै गयो ,बिहान वेलुका छाक टार्न धौधौको अवस्था आयो ।

दुई छोरा १ छोरी र बुबा आमा रहेको परिवारमा छोरी रिना के सि लाई ठुलै स्वास्थ्य समस्या आए पछि स्थानिय जिल्ला अपस्पतालमा उपचार गराउदा गराउदै धेरै धन पैसा सकियो अनि जिल्लामा निको नहुने भएपछि बाध्यतावस बहिनी को थप उपचारको लागि काठमाडौ लगियो, ऋणले च्यापेको गरिव परिवारलाई उपचार गराउन अति नै संकट परेको थियो ,गाउँबाट बहिनिको उपचारको लागि रकमको जोहो गरि काठमाडौ पुग्दा बहिनीको स्वास्थ्य नराम्रो देखे पछि कृष्ण के सी अस्पतालमा एक्कासि बेहोस भएका थिए जसको असर टाउकोमा ठुलो परेको थियो ।उनलाई उपचार गर्न गएका दाजु आफै विरामी पर्दा बहिनीको उपचार प्रक्रियामा प्रत्यक्ष असर पर्न गयो ,दाजु विहोस भएर लडेको ३ दिन पछि बैनीको निधन हुन पुग्यो।

यसरी नै पिडै पिडाले थलिन थाल्यो कृष्णको उपचार प्रक्रिया घरमा वृद्ध आमा र श्रीमती र नावालक छोरा वाहेक कोहि भएनन । कृष्णको लागि काठमाडौको विरामी कुरूवा समेत भएनन । त्यो घरका मुख्य मान्छे मध्ये बुबा, भाइ र बहिनीको मृत्यु भईसकेको छ भने कृष्ण घरमै अर्ध चेतन अवस्थामा छन । घरमा बृद्ध आमा र बाल वच्चा सहित श्रीमती छन । खेती गर्ने जग्गा छैन , काम गर्ने मान्छे छैन ,कृष्णको लागि दिन प्रतिदिन महँगो औषधी खर्च आदि ईत्यादी घटना देख्दा साँच्चै सपना हो वा नाटक जस्तो परिदृश्य देखिन्छ । यस्तो दर्दानक अबस्था देखेर समुदायका केहि ब्यक्ति रोजगारीको सिलसिलामा बिदेशी भुमिमा गएकाहरुले सक्दो सहयोग गरेकाले हाल उनको स्वास्थ्यमा केहि सुधार भएको छ।
पहिले नै थप उपचारका लागी काठमाडौं लैजानुपर्ने थियो रकम अभावमा लगिएको होईन अब लैजान सकिन्छ, सुरु देखि कुरावा बस्दै आउनु भएका आफन्त एबम समाजसेवी रबिन्द्र भण्डारीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।