०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

मरन्ठाना धगेमा नियमित बससेवा सुरु

Logo
प्रकाशित शुक्रबार, आषाढ ०१, २०७५

रमेश गिरी,मरन्ठाना

मरन्ठाना धगेमा अाजबाट नियमित रूपमा बससेवा सुरू भएको छ ।
प्युठान नगरपालिका वडा न. ९ काे २५ लाख रूपैया र ४ लाख जनश्रमदान गरी जम्मा २९ लाख रूपैयाकाे लागतमा मजुवा धगे सडक खण्ड निर्माण सम्पन्न भए लगत्तै बस सेवा सुरू भएकाे हाे ।
७ किलाेमिटर लम्वाई र ६ मिटर चाैडा सहित नाली पनि निर्माण भएकाे उक्त सड्कमा अाज देखि स्वार्गद्धारी यातायातले वस सेवा सुचारू गरेकाे हाे ।
बस सेवा उदघाटन कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले मरन्ठाना मजुवामा रिभन काटी वस सेवा सुरू भएकाे घाेषणा गर्नु भएकाे थियाे । कार्यक्रममा वाेल्दै नगरप्रमुख कक्षपतीले वस सेवा सुरू गर्ने काम असाध्यै राम्राे रहेता पनि बस सेवालाई नियमितता दिन धेरै जटिलता रहेकाे बताउनु भयाे ।

पहाडी क्षेत्र रहेकाेले नियमित रूपमा बाटाे मर्मत सम्भार गर्नुपर्ने अवस्था छ त्यसमा नगरपालिकाले उच्च प्राथमिकता दिने छ र पनि जनताहरूकाे सक्रियता हुनु पर्ने बताउनु भयाे ।
बस सेवा उदघाटन कार्यक्रममा उप प्रमुख शान्ता अाचार्य , वडा न.४ का वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारी, वडा न. १० वडा अध्यक्ष पदम गिरी सहित प्युठान नगरपालिकाका अन्य जननिर्वाचित प्रतिनिधि लगायत अन्य सयाैँ सर्वसाधरणहरूकाे उपस्थिति थियाे ।उदघाटन कार्यक्रममा लगिएकाे गाडीका चालकलाई स्थानियवासिन्दाहरूले फुलमाला, टीकाले स्वागत गरेका थिए ।
बाटाे निमार्ण समितिका अध्यक्ष सन्त वहादुर घ म काे अध्यक्षतामा भएकाे कार्यक्रममा प्युठान नगरपालिका वडा न.९ का वडा अध्यक्षले नेहरसिंह केसीले अाफ्नाे वडाकाे सवैभन्दा दुर्गम क्षेत्रमा वस सेवा पुर्याउन पाएकाेमा खुसी व्यक्त गर्दै स्वागत भाषण गर्नु भएकाे थियाे भने कार्यक्रमकाे संचालन वडा सचिव ध्रुव जिसीले गर्नु भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!