३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

पर्सा प्रहरीले १६ लाखसहित ३ जना हुण्डी कारोबारीहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७

 

ABC (क्राईमबिट)
पर्सा । वीरगंज महानगरपालिका-१० रानीघाटस्थित सडकबाट हुण्डीको १६ लाख रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका-४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान, सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगंज महानगरपालिका-१० आदर्शनगर बस्ने ५० वर्षीय उमेश शर्मा रहेका छन् ।

वीरगंज महानगरपालिका-१० रानीघाट पुलस्थित सडकबाट उक्त हुण्डीको रकम र ना.१२ प ५०७३ नम्बरको मोटरसाइकल सहित तवारख र जोखन साईलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त कारोबारमा उमेशको समेत सलंग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा जिल्ला अदालत पर्साको आदेशले ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!