२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

चनईमा पुर्वाग्रही तरिकाले घर भत्काईएको स्थानीय वासीन्दाको आरोप ।।

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०७५

कृष्ण गैरे अषाढ ३ कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा ४ का वडा अध्यक्ष सकिल अहमद मुसलमानले मनपरि ढङगबाट विकासको काम गरिरहेको स्थानिय नागरिकहरुले गुनासो गरेका छन ।सार्वजनिक जग्गा अतिक्रमणको निहुमा स्थानिय गरिब मजदुरी गरेर खाने नागरिकको घर वडा अध्यक्षको नेतृत्वमा भत्काएको स्थानियले बताएका छन । शिवराज नगरपालिकाले वैसाख ९ गते नगर भित्रका सम्पुर्ण सडक खण्डहरु ८ मिटरको बनाउनुपर्ने सुचना जारी गरेको थियो । नगरपालिकाले यो कार्य नगर भित्र सम्पुर्ण वडामा कार्यन्वयन गर्न नसकेको वेला वडा न ४ का अध्यक्ष मुसलमानले भने यहि सुचनालाई आधार मानी काम गरेको वताए ।
शिवराज नगरपालिका वडा न ४ चनई गाउँ भित्र रहेको वसन्तपुर गुलरी सडकखण्डमा वडा अध्यक्षले सार्वजनिक तथा अतिक्रमित जग्गामा सडक निमार्ण गर्ने भन्दै आफ्नो र आफु निकट मान्छेहरुले अतिक्रमण गरेको जग्गा छोड्ने र अन्यको भौतिक संरचना समेत भत्काउने गरेको स्थानियले बताएका छन ।स्थानियको गुनासो आए पछि विहिवार पत्रकारहरुको टोली सोहि सडकमा गएर वुझ्दा विभिन्न व्यक्तिगत कारणबाट घर भत्काइएको स्थानिय पिडित शिव प्रसाद यादवले गुनासो गरेका छन । शिवप्रसाद यादवको घर सार्वजनिक जग्गामा परेको भन्दै वडा अध्यक्षले भत्काएको र सोहि अनुसार नाली अघि जादा परेका घरहरु भने नभत्काएको हुदाँ वडा अध्यक्षले मनपरि गरेको स्थानियले आरोप लगाएका छन ।
आफु घरमा नभएको बेला स्काभेटरको प्रयोग गरेर वडा अध्यक्ष मुसलमानले घर भत्काएको शिवप्रसाद यादवले वताए । गाउँमा वडा अध्यक्षकै घर पनि सार्वंजनिक जग्गामा पर्ने भएकोले आफ्नो घर तथा आफ्ना मान्छेहरुको घर सरकारी जग्गामा हुदाँ हुदै पनि छोड्ने तर आफ्नो नम्बरी जग्गामा रहेको घर भत्काएको यादवले वताए । यादवले भने “भत्काउनु भन्दा पहिले मलाई किन जानकारी दिइएन,कानुन मलाई मात्र किन लाग्छ ? के म नेपाली होइन र गाउमा अधिकांशका घरहरु सार्वजनिक जग्गामा पर्छ अरुको घर किन भत्काउदैनन ? घर भत्काउने बाहाना म र मेरो परिवारले पिउनको लागि प्रयोग गर्दै आएको पानी नलका पनि तोडफोड गरी दिएका छन अहिले मेरो परिवारलाई पिउने पानीको समेत समस्या छ ।”
त्यस्तै सोहि गाउँका केशरी प्रसाद जयसवालले वडा अध्यक्षले मनपरि ढंगवाट भैतिक संरचना भत्काउन नपाउने वताए । “यदि जग्गा अतिक्रमण भएको भए पनि दुवै पक्षको सहमतिमा कम क्षति हुने गरि भत्काउनु पर्ने हो तर यहाँ त घरमुलि नै नभएको मौकामा भत्काइयो ।” जयसवालले भने । जनतालाई असुविधा हुने गरि जनप्रतिनिधीले काम गर्न नहुने हो तर यहाँ त जनप्रतिनिधीले नै आफ्नोलाई काखा र अरुलाई पाखा लगाएका छन । गरिवि जनतालाई दुख दिनु गलत भएको भन्दै नियत वंस भैतिक संरचना भत्काइएको छ । घर भत्किएको सोही बाटोमा भौतिक संरचना नभत्काएको भए पनि नगरपालिकाको माप दण्ड अनुसार ८ मिटर बाटो कायम हुन सक्ने जयसवालले दावी गरे ।
गाउँमा वडा अध्यक्ष मुसलमानले ८ मिटरको सडक वनाउनुपर्ने भन्दै सडक निमार्ण सुरु गरेको भएपनि विचमा आफ्नै दाजुको घर परेकोले सडक निमार्ण वन्द गरेको जयसवालले बताए । पूर्व तर्फ वाट सुरु गरेको सडक निमार्णको लागी विच वाटोमा पुगरे आफ्नो घर परे पछी पश्चिम वाट फेरी सुरु गरेको जयसवालले वताए। उनले भने “यो कुन नियम हो आफ्नो जग्गा वचाउने अरुको भत्काउने”। त्यस्तै अर्का स्थानिय वस्नेत कुर्मीले वडा अध्यक्षको यो कार्य गलत भएको ठहर गरे । सार्वजनिक जग्गा नियन्त्रणमा लिनु सहि भएको कसैको लिने कसैलाई छुट दिने काम ठिक नभएको उनले बताए ।
यता सोही वडाका वडा सदस्य पनि अध्यक्षको कार्य शैलि प्रति रुष्ट रहेका छन । सोही वडाका वडा सदस्य सरस्वता पन्थिले यसरी अतिक्रमण भएको जग्गा हटाउने कार्य राम्रो भएको तर यसरी जनताको घर सम्म भत्काउनु पर्ने अवस्था आउँदा आफुहरु संग अध्यक्षले कुनै जानकारी नगराएको बताइन । अध्यक्ष एक्लैले आफ्नो मनपरी ढंगबाट काम गर्दा यस्ता आरोपहरु खेप्नु परेको उनले बताइन । वडा अध्यक्षले कुनै पनि काम गर्दा आफुहरुलाई ओझेलमा पारेको र सबै श्रेय आफ्नो पोल्टामा पार्न खोज्दा जनता रुष्ट भएको पन्थीले बताई । यस विषयमा पनि पत्रकारहरु आउदैछन भन्ने थाहा पाएपछी आफु घटनास्थलमा आएको वताइन । निर्वाचित भएपछी सवैको सल्लाहामा काम गरेको भए यस्तो नहुने भन्दै वडा अध्यक्ष एकलैटी ढङगवाट काम गरिरहेको उनले आरोप समेत लगाईन ।
शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले भने सार्वजनिक सवै जग्गा नगरपालिकाले आफ्नो नियन्त्रणमा ल्याउने वताइन । नागरिकको भौतिक संरचना भत्काउनु भन्दा अगाडी यदि आफ्नो पनि अतिक्रमित जग्गामा पर्छ भने आफनो भौतिक संरचना पहिले जनप्रतिनिधीले भत्काउनु पर्ने अनि मात्रै नागरिकको भत्काउनु पर्ने थारुले बताइन । वडा न ४ को विषयमा वोल्दै वडा अध्यक्षकै घर पनि सार्वजनिक जग्गामा पर्ने जानकारी आएकोले वडा अध्यक्षलाई पनि आफ्नो घर भत्यक्याउन निर्देशन दिएको वताइन ।
घर भत्किनु भन्दा अघि नै यादवले न्यायीक समितिमा निवेदन दिएको हुदाँ उप प्रमुखको नेतृत्वमा अनुगन गर्न गएको र अनुगमन का क्रममा यादवको घरको अगाडीको भाग सार्वजनिक जग्गामा परेको हुदाँ त्यहाँ संरचना भत्काउन आफै निर्देशन दिएको र यादवले अतिक्रमण भएको जग्गाको भौतिक संरचना आफैले हटाउछु भन्ने मौखिक सहमति समेत भएको उपप्रमुखले बताइन । बाटोमा बनेको संरचना आफै भत्काउछु भन्ने सहमति भए पनि पछि यादवले संरचना हटाउन अटेरी गर्दै आएको सार्वजनिक जग्गामा नै नयाँ संरचना निर्माण गर्दा र निर्माण कार्य रोक्न वडा अध्यक्ष, प्रशासन र प्रहरीले समेत आदेश दिदाँ समेट अटेरी गरेको हुदाँ सार्वजनिक जग्गा खाली गर्न भत्काउनु परेको थारुले बताईन । संगै थारुले सोही बाटोमा पर्ने जो कोहीको अतिक्रमण गरि बनाईका भौतिक संरचना भए ति सबै हटाउनु पर्ने वडा अध्यक्षलाई निर्देशन समेत दिएको बताइन । थारुले भनिन “नियम र कानुन सवैलाई समान लाग्छ , त्यसैले यादवको घर भत्काउदै गर्दा मैले अरु जो कोहिको घर वा भौतिक संरचना सार्वजनिक जग्गा अतिक्रमण गरि बनेको छ भने ति सबै संरचना हटाउन अध्यक्षलाई निर्देशन दिएकी छु ,कसैको घर भत्काउने कसैको घर नभत्काउन पाइदैन म यसवारे फेरी अनुगमन गर्छु”
अहिले अतिक्रमण जग्गा हटाउने भन्दा गाउँमा जाने बाटो ८ मिटर कायम गर्ने नियम कार्यपालिकाबाट स्वीकृत भएको र ८ मिटर बाटो बनाउदै गर्दा बाटोमा अतिक्रमण गरि बनाइएका भौतिक संरचनाहरु छन भने सहमतिमा हटाउने निर्देशन नगरपालिकाबाट जारी भएको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए । वडा नं. ४ मा भत्काइएको संरचनामा नगर प्रमुख आफु गएर नयाँ संरचना बनाउदै गरेको यादवलाई नबनाउन आदेश दिएको तर उसले अटेर गरी नयाँ संरचना निर्माण गरेको वडा अध्यक्षबाट आफुलाई जानकारी आएको र यादवले संरचना बनाउदै गर्दा बाटोको अर्को तर्फका नागरिकले सार्वजनिक जग्गा मिच्दै जाने र दुबै तर्फ बाटो अतिक्रमण हुदै जादाँ बाटो समेत नरहने हुदाँ नगरपालिकाको अमिन बाट जग्गा नापेर अतिक्रमण गरि निर्माण गरिएको संरचना अध्यक्षको निगरानिमा हटाइएको अधिकारीले बताए ।
सोही बाटोमै अगाडी पर्ने गुलरिया गाउँको बाटोमा पनि सार्वजनिम जग्गामा बनेका संरचनाहरु भने नभत्केको स्थानीयले पत्रकारलाई देखाएका छन । बाटो बनाउने क्रममा नाली खन्दै गएको भए पनि घरलाई विचमा परी दुबै तर्फबाट नाली खनिएको छ , बर्षौ देखि प्रयोगमा आएको बाटो नै १० मिटर कायम गर्न सकिने भए पनि अतिक्रमण जग्गा भन्दै स्थानियलाई सास्ती दिने काम भएको आरोप स्थानीयले लगाएका छन ।
वडा अध्यक्ष मुसलमानले भने आफुले भौतिक संरचना निर्माण नगर्न भन्दा भन्दै पनि सार्वजनिक जग्गमा निर्माण गरको र अतिक्रमण हटाउन घर भत्काउनु परेको बताएका छन । वडा बाट पत्र पठाएर निर्माण कार्य रोक्न भन्दा पनि नमाने पछि छलफलका लागि बोलादाँ समेत यादव नआएको अटेरी गरेको र विकासका काम बाधा पुराएको मुसलमानले बताए । वडामा बाटोको अतिक्रमण सबैको हटाइने जो कोहीले बाटोमा अतिक्रमण गरेको छ भने सो अतिक्रमण आफुले हटाउने उनले बताए । “मेरो घर नै अतिक्रमण परेको छ भने म मेरो घर पनि भत्काउछु , यो नियम सबैलाई लाग्छ ,मैले कसैलाई काखा कसैलाई पाखा गरेको छैन ,काम गर्दै जादाँ अघि पछि मात्रै हो ” मुलमानले भने । केहि कम्जोरी आफु बाट पनि भएका हुन सक्ने भएकोले त्यसलाई पनि सुधार गर्दै जाने वडाको विकास र जनताको सेवा सुविधाका लागि सबै संग सहकार्य गरेर काम गर्दै आएको र भोलिका दिनमा पनि सबैलाई समेट्ने उनले बताए । नियम कानुन सबैलाई बराबर लाग्ने हुदाँ पक्षपाति काम नभएको र नहुने दावी समेत अध्यक्ष मुसलमानले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]