०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बाँके प्रहरीले २० बर्ष देखि हराएको ब्यक्तीलाई पारिवारको जिम्मा

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

 

(महेन्द्र सिंह)
बाँके । जब घरका कुनै पनि सदस्य वेपत्ता हुने गर्छन । तब त्यस परिवारमा मानसिक विचलन सुरु हुन्छ । एक दिन होईन,दुई दिन होइन ,तिन दिन होइन २० वर्ष घरपरिवारका सदस्य सम्पर्क नहुँदाको पिडा सायद भोग्नेले नै नजिकैबाट महसुस गर्ने कुरा हो ।

कसलाई रहर हुन्छ र घरपरिवारबाट टाढा बस्नु अर्थात सम्पर्कबाट टाढा रहनु । समय परिस्थिति र विभिन्न घटना अनि परिवेशले मान्छेलाई कहाँ बाट कहाँ पुराइदिन्छ । नाम विज्ञान भएर पनि घरपरिवार तथा साथिभाइ नचिनेर अज्ञानको अध्यारोमा तड्पिएका एक व्यत्तिलाई घरपरिवार सम्म पुराउने वातावरण तय हुनु निकै गर्वको कुरा हो ।

चैत २४ गते बाँकेको नेपालगंज उप–महानगरपालिका वडा नं.३ न्युरोडमा आफ्नो नाम विज्ञान खत्री, घर जिल्ला खोटाङ चिसापानी, उमेर ३४ वर्ष बताउने व्यक्ति अलपत्र अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुँदा साथ निलसागर असाहय, अशक्त तथा जेष्ट नागरिक सेवा केन्द्रमा राखी उपचार तथा हेरचाह गरि अनुसन्धान गर्ने काम गरिएको थियो ।

सञ्चार माध्यमबाट यस बिषयमा सूचना प्रवाह भएपछि पिडितको परिवार सम्पर्कमा आए पश्चात निजका भाई सुवास कोईरालाको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटि गएको प्रहरी टोलीले विज्ञान खत्री लाई कार्यालयमा ल्याई सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा विज्ञान खत्री भन्ने व्यक्ति जिल्ला खोटाङ साविक चिसापानी गा.वि.स.वडा १ हाल परिवर्तित जन्तेढुङगा गा.पा. वडा नं. ५ घर भई हाल जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.५ सुन्दरपुर वस्ने वर्ष ३४ को विज्ञान कोईराला रहेको र उनि २० वर्ष देखी वेपत्ता भएको भन्ने खुल्न आएकोले जिम्मा दिई घर सम्म पठाउने व्यवस्था मिलाईएको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]