२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले २० बर्ष देखि हराएको ब्यक्तीलाई पारिवारको जिम्मा

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

 

(महेन्द्र सिंह)
बाँके । जब घरका कुनै पनि सदस्य वेपत्ता हुने गर्छन । तब त्यस परिवारमा मानसिक विचलन सुरु हुन्छ । एक दिन होईन,दुई दिन होइन ,तिन दिन होइन २० वर्ष घरपरिवारका सदस्य सम्पर्क नहुँदाको पिडा सायद भोग्नेले नै नजिकैबाट महसुस गर्ने कुरा हो ।

कसलाई रहर हुन्छ र घरपरिवारबाट टाढा बस्नु अर्थात सम्पर्कबाट टाढा रहनु । समय परिस्थिति र विभिन्न घटना अनि परिवेशले मान्छेलाई कहाँ बाट कहाँ पुराइदिन्छ । नाम विज्ञान भएर पनि घरपरिवार तथा साथिभाइ नचिनेर अज्ञानको अध्यारोमा तड्पिएका एक व्यत्तिलाई घरपरिवार सम्म पुराउने वातावरण तय हुनु निकै गर्वको कुरा हो ।

चैत २४ गते बाँकेको नेपालगंज उप–महानगरपालिका वडा नं.३ न्युरोडमा आफ्नो नाम विज्ञान खत्री, घर जिल्ला खोटाङ चिसापानी, उमेर ३४ वर्ष बताउने व्यक्ति अलपत्र अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुँदा साथ निलसागर असाहय, अशक्त तथा जेष्ट नागरिक सेवा केन्द्रमा राखी उपचार तथा हेरचाह गरि अनुसन्धान गर्ने काम गरिएको थियो ।

सञ्चार माध्यमबाट यस बिषयमा सूचना प्रवाह भएपछि पिडितको परिवार सम्पर्कमा आए पश्चात निजका भाई सुवास कोईरालाको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटि गएको प्रहरी टोलीले विज्ञान खत्री लाई कार्यालयमा ल्याई सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा विज्ञान खत्री भन्ने व्यक्ति जिल्ला खोटाङ साविक चिसापानी गा.वि.स.वडा १ हाल परिवर्तित जन्तेढुङगा गा.पा. वडा नं. ५ घर भई हाल जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.५ सुन्दरपुर वस्ने वर्ष ३४ को विज्ञान कोईराला रहेको र उनि २० वर्ष देखी वेपत्ता भएको भन्ने खुल्न आएकोले जिम्मा दिई घर सम्म पठाउने व्यवस्था मिलाईएको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]