०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

बँदेलको मासु र ४ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८


ABC (क्राईमबिट)
बाजुरा । खप्तड छेडेदह गाउँपालिका-३ गुदुखातीबाट बँदेलको ताजा मासु र ४ नाल घरेलु भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन। पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका-३ का बर्ष ४५ का बने बहादुर धामी र सोही वडाका ४३ का मन बहादुर धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिह ठगुन्नाले जानकारी दिए।

मने धामीको घरमा भर्खरै मारेको बदेलको मासु फेला परेको र मन बहादुर धामीको घरमा बँदेलेको मासु र १ नाल भरुवा बन्दुक समेत फेला पारेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख ठगुन्नाले बताए। बाँकी तिन नाल बन्दुक कसको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिए। जंगली बदेलको मासु जिल्ला बन डिभिजन कार्यालय बाजुरामा बुझाएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।