०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

बँदेलको मासु र ४ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८


ABC (क्राईमबिट)
बाजुरा । खप्तड छेडेदह गाउँपालिका-३ गुदुखातीबाट बँदेलको ताजा मासु र ४ नाल घरेलु भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन। पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका-३ का बर्ष ४५ का बने बहादुर धामी र सोही वडाका ४३ का मन बहादुर धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिह ठगुन्नाले जानकारी दिए।

मने धामीको घरमा भर्खरै मारेको बदेलको मासु फेला परेको र मन बहादुर धामीको घरमा बँदेलेको मासु र १ नाल भरुवा बन्दुक समेत फेला पारेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख ठगुन्नाले बताए। बाँकी तिन नाल बन्दुक कसको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिए। जंगली बदेलको मासु जिल्ला बन डिभिजन कार्यालय बाजुरामा बुझाएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

error: Content is protected !!