०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

कर्मचारीबाट किर्ते हस्ताक्षरमा २ लाख निकासी अनुसन्धान गर्ने एसपी:चंन्द

Logo
प्रकाशित आइतबार, बैशाख ०५, २०७८

(ABC-Sanchar) दाङ । देउखुरी लालमटिया स्थित लघुबित्त बित्तिय सँस्थाका कर्मचारीले किर्ते हस्ताक्षर गरि रकम निकासा गरेको रहस्य खुलेको छ ।
आफ्नै सँस्थामा आबद्द सदस्यको नाममा सम्बन्धित ब्यक्तिलाई थाहै नदिई किर्ते हस्ताक्षर सहितको फाईल बनाएर २ लाख रुपैया निकासा गरेका छन् ।
ग्रामिण बिकाश लघुबित्त बित्तिय सँस्था लिमिटेड लमही ब्रान्चमा कार्यरत कुसुम थापा नाम गरेकी फिल्ड महिला कर्मचारीले रकम निकासा गरेको रहस्य बाहिर आएको हो ।
लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निबासी ईन्द्र कुमारी चौधरी सँस्थाकि सदस्य हुन् । उनकै नाममा २ लाख रुपैया निकासा भएको उनलाई नै थाहा छैन ।
गत २६ गते लमही ब्रान्चमा चोकराज ढकाल ब्रान्च म्यानेजर बनेर आएपछि ऋण कर्जाका फाईल हेर्दै जाँदा ईन्द्र कुमारीको नाममा ऋण देखियो ।
तत्काल उनले ईन्द्र कुमारीलाई फोन गरि तपाईको मासिक किस्ता किन आएको छैन? भनेर बुझ्दा उनी आश्चर्यमा परिन । नखाएको ऋण बोक्नुपर्दा आश्चर्य र चिन्तित बन्नु स्वभाबिक हो ।
यो भन्दा अगाडि नै सँस्था भित्र कर्मचारीले गरेको बदमासीले हलचल मच्चाई सकेको थियो ।
वास्तविक के रहेछ भनेर सँस्थाले चोकराज ढकाल सहितको छानबिन समिति लमही झिकायो । ढकाल चैत २६ गते म्यानेजर भएर हाजिर भएपनि उनी पहिले नै आईसकेका थिए ।
छानबिन गर्दै जाँदा ईन्द्र कुमारीको नाममा किर्ते गरि ऋण निकासा गरेको प्रमाण फेला पर्यो । त्यसोत, आरोपित कुसुम थापालाई चैत १५ गते नै सँस्थाले निलम्बन गरेको अहिलेका म्यानेजर ढकाल बताउँछन् ।
‘उहाँले गल्ती स्विकारी सक्नुभयो, सँस्थाले पनि कारबाही गरिसक्यो ढकालले भने-हरेक ब्यक्ति फरक स्वभावका हुन्छन्, बदमासी गर्लान भन्ने सोचाई नै आएन ।’ उनले ईन्द्र कुमारीको नाममा रहेको ऋण आरोपित कुसुमले केही दिनमै चुक्ता गरिदिने बताए ।
फाईल अनुसार प्रक्रिया पुगेर निकासा भएको देखिन्छ । तर, ईन्द्र कुमारीले यो कुराको सुईको समेत पाईनन् । ऋण निकासा हुने समयमा लमही ब्रान्चमा लक्ष्मण रेग्मी म्यानेजर थिए । उनी गत २५ गते सरुवा भएर सुर्खेत गई सकेका छन् । कतै ऋण निकासामा कर्मचारी कुसुम र म्यानेजर लक्ष्मणको मिलोमतो त हैन? भनेर सँका गर्ने ठाउँ प्रसस्तै छन् ।
तर, म्यानेजर रेग्मी भन्छन प्रक्रिया पुगेको देखेर मैले ऋण निकासामा अनुमती दिएको हो ।
करिब १ दशक अगाडि देखि सँस्थामा जिम्बेवारी निर्बाह गरेकि कुसुमले बदमासी गर्छन् भनेर रेग्मीले सोच्नै सकेनन् । तर कुसुमले ईन्द्र कुमारी लाई मात्र हैन आफ्नै हाकिमलाई समेत चक्मा दिईन । नेपाल राष्ट्र बैँकबाट ‘घ’ बर्गको ईजाजत प्राप्त ग्रामिण बिकाश लघुबित्त बित्तिय सँस्थाका कर्मचारीको बदमासीका कारण अहिले अन्य सँस्था प्रतिको बिश्वास पनि खस्किदो छ ।
लमही नगर र राप्ती गाउँपालिकामा मात्र ग्रामिण सँस्थाको ११ सय ५४ सदस्य छन् । यो बिश्वास चानचुने होईन ।
तमाम महिलाहरुको बिश्वास पाएर सञ्चालित सँस्थाका कर्मचारीले आफैलाई घात गर्छन भन्ने सोझासाझा महिलाका लागि सोचाई भन्दा बाहिरको कुरा हो ।
थाहै नदिई मेरै नाममा ऋण निकासा हुन्छ भन्ने मैले सोचेकै थिएन, तर सँगै बैठकमा बस्ने कुसुम मिसले घात गर्नुभो ईन्द्र कुमारीले गुणासो पोखिन् ।
ईन्द्र कुमारी त एक उदाहरण मात्र हुन । उनिजस्ता धेरै महिलाको नाममा कुसुमले रकम निकासा गरेको रहस्य पनि बाहिर आएको छ । यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले बैंक कर्मचारीबाट किर्ते गरी पैसा निकासी भएको विषयमा प्रहरीले अनुसन्धान गर्ने र सम्बन्धित ऋणीले जाहेर दिए कार्वाही अगाडि बढाउने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!