२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

पूर्वराजा ज्ञानेन्द्र शाह फर्किए, नेपाल फर्किए विमानस्थलमा हिन्दुराष्ट्रको नारा

Logo
प्रकाशित आइतबार, बैशाख ०५, २०७८


(ABC-Sanchar) काठमाडौं । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन्।

भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फर्किएका छन्।

उनको स्वागतमा समर्थकहरु त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए।

राप्रपा नेपालको नाममा ‘हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई नेपालमा हार्दिक–हार्दिक स्वागत गर्दछौँ’ लेखिएको ब्यानर लगायत अन्य विभिन्न समूहको छुट्टाछुट्टै ब्यानरसहित स्वागत गर्नका लागि समर्थकहरु विमानस्थल पुगेका थिए।

विमानस्थलबाट बाहिरिए लगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरेका थिए।

हातमा नेपालको झण्डा बोकेर उपस्थित भएका समर्थकहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा समेत लगाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।