३० जेठ २०८२, शुक्रबार
13-06-2025 , Fri
×

महँगियो खाने तेल २५० रुपैयाँ लिटर वाणिज्य विभाग बेखबर

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८


(ABC-Sanchar)
काठमाडौँ । बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो पटक सनफ्लावर, भटमास र तोरीको तेलको भाउ मूल्य लिटरमै १० देखि १५ रुपियाँसम्म बढेको छ । सङ्घले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपियाँ पुगेको जनाएको छ । यस्तै यसअघि प्रतिलिटर २२० रुपियाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३५ रुपियाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल पनि ब्रान्डअनुसार १० देखि १५ रुपियाँसम्म बढेको सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले भारतमा तेल महँगिएका कारण नेपालबाट भारततिर तेल आपूर्ति हुन थालेकाले बजारमा खाने तेलको मूल्य आकाशिएको बताउनुुभयो । कच्चा पदार्थको मूल्य केही बढेको भए पनि नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा तेलको मूल्य आकाशिएको उहाँको भनाइ छ ।
नेपालका तेल उद्योगीले प्रशोधित तेल नेपालीको माग नै पूरा नगरी भारतमा निर्यात गर्दासमेत सरकारका नियमनकारी निकाय किन मौन र रमिते मात्रै बनेको अध्यक्षको आरोप छ । नेपालमा उत्पादन भएको तेल भारतमा निर्यात गर्ने अनि कच्चा पदार्थका कारण देखाउने यो कति व्यावहारिक
हुन्छ ? उहाँले प्रश्न गर्नुभयो ।
यता थोक व्यापारीहरू भारतमा खाने तेलको भाउ आकाशिएकाले नेपालका प्रशोधित उद्योगीले नेपाली बजारमा आवश्यक तले भारत पठाउने प्रवृत्तिका कारण अहिले भाउ बढेको बताउँछन् । यता उद्योगी भने भारतमा तेल निर्यात गरेको कुरामा सत्यता नभएको दाबी गर्छन् ।
पछिल्लो पटक तेलको भाउ बढनुको कारण नेपाली उद्योगको नभएर विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थ भाउ बढेका कारण महँगो भएको दाबी उनीहरूको छ । तेलको कच्चा पदार्थका विदेशमै परनिर्भरता हुनुपर्ने र विदेशमा बढेपछि नबढाई उपाय नै नभएको उद्योगीहरूको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले तेलको भाउ घटेको दुुई महिना नहुँदै पुन महँगो भएको तर यसको कारण खोज्नुपर्ने सरकारका जिम्मेवार नियमनकारी निकाय तेल उद्योगीको दबाब र प्रभावमा उपभोक्ताप्रति उदासीन देखिएको आरोप लगाउनुुभयो । बजारमा सरकारको उपस्थिति बलियो हुन नसकेका कारण बजार सीमित व्यापारी तथा उद्योगी नियन्त्रणमा हुने हुँदा बजारमा यस्ता समस्या आइरहने उहाँको भनाइ छ ।
बजार अनुुगमन गर्ने जिम्मेवारी पाएको सरकारको नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग भने पछिल्लो पटक खाने तेलको मूल्य वृद्धि भएको भन्नेमा बेखबर छ ।
विभागका महानिर्देशक प्रकाश पौडेल तेलको मूल्य वृद्धिबारे विभागलाई कुनै जानकारी नभएको बताउनुुभयो । बजारको वास्तविक अवस्थाको अनुुगमन गरेर साँच्चिकै महँगाएको पाएमा कानुनअनुुसार कारबाही गरिने उहाँको भनाइ छ ।
गत कात्तिक/मङ्सिरमा पनि तेलको भाउ बढेको भन्ने गुनासोका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीलाई महँगो हुनुुको कारण पेस गर्न निर्देशन दिनेदेखि तीन उद्योगीलाई आर्थिक जरिवानासमेत गरेपछि सबै ब्रान्डका तेल प्रतिलिटरमा २० रुपियाँसम्म घटेको थियो । चैतको मध्यसम्म यसअघि घटेकै भाउमा कारोबार भएको तेल पछिल्लो पटक पुनः बढेको छ ।गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

error: Content is protected !!