२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

विष खाएर मरेका गिद्धको अनुसन्धान गर्ने

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८


(ABC-Sanchar)
नवलपरासी। रामग्राम नगरपालिका ४ जीतपुरमा ६७ वटा गिद्ध मरेको बारे तीब्र रुपमा अनुसन्धान भइरहेको छ ।

बुधबार जीतपुरका खाली चौरमा विष सेवन गरी ६७ वटा गिद्ध मरेको र एक वटा गिद्ध घाइते अवस्थामा अवस्थामा भेटिएको थियो । ३३ वटा डंगर गिद्ध , ३१ वटा हिमाली गिद्ध , २ वटा राज गिद्ध र सानो खैरे एक गिद्ध गरेर ६७ वटा मृत अवस्थामा भेटिएको र एक हिमाली गिद्ध जिवितै भेटिएको नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
७८ वटा कुकुरलाई कसैले विष खुवाएर मारेको रहेछ । मरेको कुकुर खादा गिद्ध पनि मरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनले बताए । घाइते गिद्धलाई पक्षी संरक्षण केन्द्र चितवनले उपचार गरिरहेको छ ।

अवस्था हेरेर अनुमान गर्दा कुकुरलाई विष खुवाएर मारिएको र खुल्ला रूपमा फालेको र गिद्धले सिनो खाने क्रममा कुकुर खाए र कुकुरले खाएको विष गिद्धमा पनि प्रवेश गर्‍यो र विषादीका कारणले मर्‍यो भन्ने हो ।’ उनले भने,‘‘प्रारम्भिक रिपोर्ट आज साँझ भोलि सम्ममा आउँछ । त्यसपछि वास्तविक खुल्छ ।’

अहिले कुनै पनि पशुपक्षी मार्न पाइँदैन तर कोही व्यक्ति अथवा समूहले विष खुवाएर मोरर फालेको हुन सक्छ । एउटा दुई वटा कुकुर मरेको भए केही कारणले मरेको भन्ने हुन्थ्यो तर ७८ वटा मरेकोले गर्दा कसैले मारेर फालेकै हुन सक्छ । उनले भने ।

नेपालमा अहिले गिद्ध संरक्षणका लागि सरकारी तवरबाटै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । लोपउन्मूख गिद्धको मृत्यूले ठूलो क्षति पुगेको पक्षी संरक्षणविद्हरुले बताएका छन् ।

मृतक गिद्धहरुको पोष्ट मार्टम राष्ट्रिय निकुञ्ज चितवनको चिकित्सक टोलीले गररहेको छ भने विषादी दिएर कुकुर मारेर खुल्ला ठाउँमा फाल्ने व्यक्तिकोसमेत खोजी कार्य भैरहेको प्रहरी प्रशासनले जनाएको छ।
गिद्ध
गिद्ध शिकारी चरा समूह अर्न्तगत पर्ने ठूला मांसहारी पंंक्षी हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । गिद्धहरूले विभिन्न हानीकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन् ।

पर्यावरणीय चक्र र सनातन खाद्य श्रृङखला सन्तुलन र गतिशीलताको संवाहक गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो । गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्छन् भने पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्दछ ।

विश्वमा २३ प्रजातिका गिद्ध पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाति । ती मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाईन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]