२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पुरानो सिलिन्डर एक हजार ६ वटा नष्ट गरियो

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

 (ABC-Sanchar) काठमाडौँ । नेपाल ग्यास उद्योग प्रालिले प्रयोग गर्न नमिल्ने पुराना एक हजार छवटा ग्यास सिलिन्डर नष्ट गरेको छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योग परिसरमा ती सिलिन्डरको नष्ट गरेको जनाइएको छ । उद्योगले हाइड्रोस्टाटिस परीक्षण गरेर प्रयोग गर्न नमिल्ने सिलिन्डर छनोट गरेर प्रत्येक वर्ष सिलिन्डर नष्ट गर्दै आएको जनाएको छ । विगत ५१ वर्षदेखि उपभोक्तालाई सेवा पु¥याउँदै नेपाल ग्यास उद्योगले गत वर्ष दुई हजार सिलिन्डर नष्ट गरेको थियो । कुच्चिएका र लामो समयसम्म हाइड्रोस्टाटिस परीक्षण नगरेका सिलिन्डर पठाउँदा ग्यास लिक भएर बेलाबेला दुर्घटना हुने गर्छ । नेपालमा ग्यासको गुणस्तरको मापन नेपाल गुणस्तर तथा नापतौल विभागले गर्दै आएको छ । विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले नेपालमा नेपाल गुणस…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]