२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

यी हुन स्वास्थ्यकर्मी लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने धम्की

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

 

कपिलवस्तु । शिवराज नगरपालिका १ मा रहेको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएका छन । पौडेलले सामाजिक संजाल फेसबुकमा पत्रकारलाई रामधुलाई गर्छु भन्दै धम्की दिएका हुन । कार्यलायको काम छोडेर स्वास्थ्यकर्मीको एक टोली सहित पुर्वी नेपाल भ्रमणमा रहेका पौडेलले पत्रकारलाई धम्की पुर्ण स्टाटस लेखेका छन । कोभिड १९ ले गर्दा सबैठाउमा त्रास पुर्ण अवस्था सृजना भएको समयमा उनले नेपालको विभिन्न स्थानमा भ्रमण गर्दै पत्रकारलाई धम्की दिएका हुन ।
स्थानीयहरु स्वास्थसेवा पाएका छैन्न । स्वास्थकर्मी नेपाल भ्रमण रहेको शिवपुरका स्थानीयले बताए । लेखनाथ पौडेल पहिले पनि पत्रकारलाई तथानाम गाली गालौज गरि विबादमा पर्दै आएका छन । उनले स्वास्थ्य चौकीको औसधि आफ्नो क्लिनिकमा ल्याउने बेच्ने आरोप लाग्दै आएको छ । स्वाथ्यकर्मी पौडेल केही समय पहिले सुधारगृह बसेर आएको स्थानीयले बताए ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन ब्यक्तिगत संस्थागत राजनीतिक रुपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने पत्रुकार वा सहयोगी स्थानीय वा बह्य सबैलाई रामधुलाई गर्ने धम्की दिएका हुन । उनले लेखेका छन झोले, फिपार्ते, धुपौरेहरु समयमै सचेत हौ भनेर लेखेका छन ।
पत्रकारलाई इंकित गरि धम्किपुर्ण भाषामा सामाजिक सन्जालमा लेखिनु गलत भएको भन्दै चारैतिर विरोध भएको छ ।
नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरिले यस्तो लेख्ने स्वास्थ्यकर्मीलाई हडैसम्मको कार्वाही हुनु पर्ने माग गर्नु भयो । पेसागद मानमर्दनमा रहि स्टाटस लेख्न सुझाव दिनु भयो । समाचारमा चित नबुझे प्रेस काउन्सिल, नेपाल पत्रकार महासघ लगायतका निकाय रहेको भन्दै पत्रकारलाई धम्की दिनु गतल रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारलाई सोसल मिडिया मार्फत धम्की दिनु गलत भएको बताउनु भयो । समाचारको विषयबस्तुलाई लिएर पत्रकारमाथी आक्रमण गर्छु भन्नू प्रेस स्वातन्त्रता माथी उपहास भएको बताउनु भयो । नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले गलत गर्न कसैलाई छुट छैन । पत्रकार माथी हमला गर्छु भन्नू गलत हो । पौडेलले यश विषयमा क्षमा याचना गर्नु पर्छ । पत्रकार पनि आफ्नो अंचारसहिताको पालन गर्नु पर्ने परियारले बताउनु भयो ।
यता स्वास्थ्यकर्मी पौडेल आफू भ्रमणको सिलसिलामा इलाम रहेको स्वीकार गर्दै केही मिडियाले आफुलाई बदनाम गर्ने खोजेकोले स्टाटस लेखेको बताउनु भयो । पत्रकारले सत्यतथ्य नबुझी मेरो ब्यक्तिगत रुपमा लागेपछि यस्तो लेखेको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!