१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

यी हुन स्वास्थ्यकर्मी लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने धम्की

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

 

कपिलवस्तु । शिवराज नगरपालिका १ मा रहेको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएका छन । पौडेलले सामाजिक संजाल फेसबुकमा पत्रकारलाई रामधुलाई गर्छु भन्दै धम्की दिएका हुन । कार्यलायको काम छोडेर स्वास्थ्यकर्मीको एक टोली सहित पुर्वी नेपाल भ्रमणमा रहेका पौडेलले पत्रकारलाई धम्की पुर्ण स्टाटस लेखेका छन । कोभिड १९ ले गर्दा सबैठाउमा त्रास पुर्ण अवस्था सृजना भएको समयमा उनले नेपालको विभिन्न स्थानमा भ्रमण गर्दै पत्रकारलाई धम्की दिएका हुन ।
स्थानीयहरु स्वास्थसेवा पाएका छैन्न । स्वास्थकर्मी नेपाल भ्रमण रहेको शिवपुरका स्थानीयले बताए । लेखनाथ पौडेल पहिले पनि पत्रकारलाई तथानाम गाली गालौज गरि विबादमा पर्दै आएका छन । उनले स्वास्थ्य चौकीको औसधि आफ्नो क्लिनिकमा ल्याउने बेच्ने आरोप लाग्दै आएको छ । स्वाथ्यकर्मी पौडेल केही समय पहिले सुधारगृह बसेर आएको स्थानीयले बताए ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन ब्यक्तिगत संस्थागत राजनीतिक रुपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने पत्रुकार वा सहयोगी स्थानीय वा बह्य सबैलाई रामधुलाई गर्ने धम्की दिएका हुन । उनले लेखेका छन झोले, फिपार्ते, धुपौरेहरु समयमै सचेत हौ भनेर लेखेका छन ।
पत्रकारलाई इंकित गरि धम्किपुर्ण भाषामा सामाजिक सन्जालमा लेखिनु गलत भएको भन्दै चारैतिर विरोध भएको छ ।
नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरिले यस्तो लेख्ने स्वास्थ्यकर्मीलाई हडैसम्मको कार्वाही हुनु पर्ने माग गर्नु भयो । पेसागद मानमर्दनमा रहि स्टाटस लेख्न सुझाव दिनु भयो । समाचारमा चित नबुझे प्रेस काउन्सिल, नेपाल पत्रकार महासघ लगायतका निकाय रहेको भन्दै पत्रकारलाई धम्की दिनु गतल रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारलाई सोसल मिडिया मार्फत धम्की दिनु गलत भएको बताउनु भयो । समाचारको विषयबस्तुलाई लिएर पत्रकारमाथी आक्रमण गर्छु भन्नू प्रेस स्वातन्त्रता माथी उपहास भएको बताउनु भयो । नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले गलत गर्न कसैलाई छुट छैन । पत्रकार माथी हमला गर्छु भन्नू गलत हो । पौडेलले यश विषयमा क्षमा याचना गर्नु पर्छ । पत्रकार पनि आफ्नो अंचारसहिताको पालन गर्नु पर्ने परियारले बताउनु भयो ।
यता स्वास्थ्यकर्मी पौडेल आफू भ्रमणको सिलसिलामा इलाम रहेको स्वीकार गर्दै केही मिडियाले आफुलाई बदनाम गर्ने खोजेकोले स्टाटस लेखेको बताउनु भयो । पत्रकारले सत्यतथ्य नबुझी मेरो ब्यक्तिगत रुपमा लागेपछि यस्तो लेखेको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!