०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

बित्तीय निकाय र लघु उद्धमिहरु बिच अन्तरक्रिया सम्पन्न

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०७५

राम बहादुर बिश्वकर्मा/ प्युठान

बित्तीय निकाय र लघु उद्दममि बिच लघु कर्जा सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम जुमृमा सम्पन्न भएको छ।

प्युठान नगरपालिका ४ को सहयोग तथा ग्रामीण आर्थिक बिकास मन्च खलंगा को आयोजना मा सन्चालन गरिएको उद्दमिलाई कर्जा उपलब्ध गरि ब्यबसाय सन्चालन गरि स्वरोजगारी सिर्जना गराउने उद्देश्यले उक्त कार्यक्रम सन्चालन गरिएको हो।
प्युठान नगरपालिका प्रमुख अर्जुनकुमार कुमार कक्षपतिले
हरेक कामको सुरुवात आफै बाट सुरु गर्नुपर्छ, स्थानीय स्तरमा उद्दमिले उत्पादन गरेका बस्तु आफै बाट प्रयोगमा ल्याउने छु र अरुलाई पनि सोहि अनुसार आग्रह गर्ने छु भन्दै लघु बीत्त मार्फत उद्दमिलाई वित्तीय पहुँचमा लिनु पर्ने बताउनुभयो ।

प्युठान नगरपालिका ४ का अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले उत्पादनमुलक क्षेत्रमा लगानीको चुनौती नरहेकोले सहकारी सस्थाहरुले सिप बिकास गरेका यस्ता उद्दमिलाई कर्जा प्रबाह गर्नुपर्ने बताउनुभयो ।

सहकारीहरुले ग्रामीण क्षेत्रको कृषि, तरकारी तथा फलफुल, साना तथा मझौला उद्योग सहितका क्षेत्रमा कर्जा परिचालन गर्नु पर्ने भन्दै जनताको आर्थिक विकास र समृद्धिको लागि यस्ता सहकारी सस्थाहरुको भूमिका अग्रणी देखिएको राजभण्डारीले बताउनुभयो ।

ग्रामिण आर्थिक बिकास मन्चका उपाध्यक्ष निर्मला पोखरेल ले ग्रामीण क्षेत्रको आर्थिक विकास र समृद्धिको लागि सहकारी सस्थाहरु निकै नै उपयोगी देखिएको बताउनुभयो ।-“सहकारी सस्थाहरुले सानो सानो परिमाणमा धेरै व्यक्तिहरुलाई कर्जा प्रवाह गर्ने हुँदा यसमा जोखिम पनि कम रहने ,कर्जा उत्पादनमुुलक क्षेत्रमा सहकारी मार्फत प्रदान गरिने कर्जा अन्य बैंक तथा फाइनान्सहरुको तुलनामा निकै नै सुरक्षित देखिएको छ । ”
आयोजक सस्थाका कार्यक्रम संयोजक रन्जना श्रेष्ठले सफल लघुवित्तका लागि उद्यमशीलताको विकास गरेका उद्दमी लाई कर्जा उपलब्ध गराउनुको विकल्प नभएको बताउनुभयो ।श्रेष्ठले भन्नुभयो -“सानो आय भएका समूहहरूलाई कर्जा उपलब्ध गराएर उनीहरूको दिगो उत्थानका लागि उद्यमशीलताको विकास गराउन सकिएमा मात्र आर्थिक समृद्धिको ढोका खुल्न सक्छ। ”

फुलबारी बचत तथा ऋण सहकारी सस्था लि का ब्यबस्थापक प्रकाश बैद्द,कालिका बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष गोमा श्रेष्ठ ,संगम बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कमला थापाले सहकारी सस्थामा सदस्यता लिनेतरिका , कर्जा प्राप्त गर्ने प्रक्रिया र मापदण्ड,ब्याजदर मा आ- आफ्नो सस्थाको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
भने कार्यक्रममा ४३ जना उद्दमिको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

error: Content is protected !!