२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

Logo
प्रकाशित आइतबार, बैशाख २६, २०७८

 

(ABC-Sanchar)
काठमाडौं । अमेरिकामा गोली प्रहार हुँदा एक नेपालीको मृत्यु भएको छ । शनिबार मेरील्याण्ड राज्यमा भएको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको हो ।

गोली प्रहारबाट संखुवासभाको खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गोलीप्रहारसँगै त्यहाँ आगजनी समेत भएको छ ।

घिमिरेले विद्यार्थी हुन् । उनका काका कप्तान घिमिरेका अनुसार उनले केही समय अघि मात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेका थिए ।

आगजनी तथा गोली प्रहारबाट घिमिरेसहित ४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!