०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

चन्द्रौटामा प्रहरी भवन उद्धघाटन

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०७५

माधव बेल्वासे

चन्द्रौटा कपिलवस्तु असार ७

कपिलवस्तुको वडा प्रहरी कार्यलय चन्द्रौटामा जवान ब्यारेक भवन विहिवार उद्धघाटन भएको छ ।स्थानियहरुको सहयोगमा निमार्ण भएको उक्त भवन प्रदेश नं. ५ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतले रिबन काटेर उद्धघाटन गरे ।४९ लाख २१ हजार ६ सय २३ रकमको लागतमा निमार्ण भएको उक्त जवान ब्यारेक भवनमा ३७ सय स्कार फिट रहेको ब्यारेक भवन निमार्ण समितिका संयोजक जमसेर अलिले वताए ।उद्धघान गर्दै प्रहरी नायव माहानिरिक्षक बस्नेतले प्रदेशका सम्पुर्ण प्रहरी कार्यलयले अवस्था वुझेर भैतिक संरचना देखी अन्य विषयमा लेखाजोखा गरेर आवश्यक्ता अनुसार ब्यारेक भवन कार्यलय तथा अन्य भवनहरुले निमार्ण गरिने वताए । प्रदेशको कुन ठाउमा अतिआवश्यक के छ भन्ने विषयलाई प्रथमिकता दिएर आवश्यक्ता परिपुर्ती गर्ने माहानिरिक्षक वस्नेतले वताए ।प्रदेशको सुरक्षा अवस्थामा सामान्य रहेको वताउदै शान्ति सुरक्षा विना कुनै पनि विकाशले गति लिन नसक्ने जनाए ।कपिलवस्तुको यस चन्द्रौटामा स्थानियहरुको सहयोगमा ठुलो भवन निमार्ण हुन सफल भएको भन्दै प्रशंसा गरे ।प्रहरी निरिक्षक भविन्द्र भट्टराईको कार्यकालमा बनेको सो भवन प्रदेशको उदाहरणिय बन्न सफल भएको वताए ।

२०७३ चैत्र १३ गते सिलिन्यास गरेको उक्त भवन प्रदेश न ५ कै स्थानियहरुको लागतमा निमार्ण भएको सवैभन्दा ठुलो भवन भएको कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन । कार्यक्रममा वोल्दै प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन केसीले वडा प्रहरी कार्यलय चन्द्रौटामा ब्यारेक भवन नहुदा प्रहरी जवनालाई समस्या परेको हुदा यस क्षेत्रका स्थानियहरुकै सहयोगमा निमार्ण भएको सो भवनले अव प्रशस्त भवन रहेको उल्लेख गरे । प्रदेश सांसद केसीले प्रदेशका विभिन्न प्रहरी कार्यलयमा सवारी साधनको समस्या भएको हुदा आफुले मुख्य मन्त्रि लगाएत गृहमन्त्रालय सग माग गरेको वताए ।त्यस्तै प्रदेश सांसद विरेन्द्र कनोडियाले स्थानिय जनताको लागतमा निमार्ण हुनु गैरवको कुरा भएको वताए । यस कार्यलाई अन्य ठाउमा पनि सिक्नु पर्ने जनाए ।प्रहरी प्रशासन र स्थानिय नागरिकको सम्वन्ध नजिकको हुने भएकोले प्रहरी प्रशसानलाई समस्या भएमा स्थानियकै सहयोग आवश्यक रहने एउटा उदाहरण भएको वताए ।कनोडिले शान्ती सुरुक्षामा प्रहरी प्रशासनलाई सवै मिलेर मजवुत गराउनुपर्नेमा जोड दिए ।९७ जनाको दरवन्दि रहेको सो वडामा भवन नहुदा समस्या भएकोले स्थानिय व्यापारी समाजसेवीको सहयोगमा भवन निमार्ण गर्न सफल भएको ब्यारेक भवन निमार्ण समितिका संयोजक जमसेर अलिले वताए ।भवन निमार्ण सगै खाना पकाउनको लागी गोबर ग्यास,चौपारी लगाएत निमार्ण गरेको जनाए ।कार्यक्रममा समितिका कोषाध्यक्ष महादेव पोख्रेलले आय व्याय प्रस्तुत गरेका थिए ।

सहयोगी दाताहरुकोलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ । ब्यारेक भवन निमार्ण समितिका संयोजक जमसेर अलिको अध्यक्षता प्रदेश नं. ५ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतको प्रमुख आतिथ्यता,प्रदेश सभा सदस्य अर्जुन केसी,विरेन्द्र कनोडिया,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी,महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम,विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाले लगाएतको विशिष्ट आतिथ्यता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको छ । बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए । छलफलका क्रममा यही चैत १३ गते नयाँ प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी अन्य सम्बन्धित निकायसँग परामर्श गर्ने माेटामोटी सहमति जुटेको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए […]

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

धनगढी । कैलालीकाे खक्राेला नाकामा रहेकाे शसस्त्र प्रहरी गुल्ममा छिरेर स्थानीय युवा तथा ब्यापारीले डीएसपीसहितका प्रहरीमाथि हातपात गरेका छन् । टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा अवैध सामान नियन्त्रणमा लिएकाे विषयलाई लिएर गुल्मभित्र भीड पसेको हो । त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । […]

error: Content is protected !!