१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

नेपालगन्ज भन्सारले अधिकार दुरुपयोगको प्रमाण भेटियो

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

उदयसिंह श्रेष्ठ, नेपालगन्ज

नेपालगन्ज । काठमाण्डौं नागढुंगामा पक्राउ परेको ना ७ ख ५८५९ नम्वरको ट्रक नेपालगंज भंसारनाकाबाट नै गएको प्रमाण भेटिएको छ ।
नागढुंगामा उक्त ट्रक पक्राउ परेपछि चालककोबयानबाट नेपालगन्ज भन्सार नाकाबाट पास भएको जानकारी पश्चात विभागको टोली नेपालगन्ज भन्सार कार्यालयमा आई बुझ्दा उक्त ट्रक कैलालीबाट पास भएको जानकारी लिई काठमाण्डौं फर्किएको थियो । काठमाण्डौं नागढुंगामा पक्राउ परेको सो ट्रक नेपालगन्ज भन्सार नाकाबाट नगएको अडान लिईएको थियो।
उक्त ट्रक गत बुधबार कामाण्डौंको नागढुंगामा पक्राउ परेको थियो भने नेपालगन्ज भन्सार नाकाबाट ट्रक नं. ना७ख ५८५८ जेठ २४ गते दुध पाउडर लोड गरिएको प्रज्ञापन पत्र नं. १५३१५ क्रम संख्या २३ अनुसार गएको प्रमाण भेटिएको छ । उक्त प्रज्ञापन पत्र १५३१५ क्रम संख्या २४ अनुसार केमिकल लोड गरिएको ना७ख १७ नम्बरको ट्रकको बिषयमा अहिलेसम्म कुनै पनि सरकारी निकायलाई अत्तोपत्तो नै नभएको जानकारी प्राप्त भएको छ ।
आफ्नो गल्ती लुकाउन नक्कली प्रज्ञापन पत्रका साथ कैलालीबाट उक्त ट्रक गएको भनी अडानमा बसेको नेपालगन्ज भन्सारमा कसरी उक्त ट्रकको इन्ट्री भयाे ? रहस्यमय बन्दै गएको छ ।
यसै गरी नेपालमा उत्पादन गरिएको चामलको भन्सार दस्तुर कसरी लिइयो ? रहस्यमा रहस्य बन्दै गएको छ ।
हालै पक्राउ परेको ४ वटा चामलको ट्रक र दुध पाउडरको ट्रकको बिषयमा भन्सार विभागले नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्धन प्रसादआचार्यलाई बयान लिन काठमाण्डौ बोलाएको र चित्त बुझ्दो स्पष्टिकरण नभएको कारण विभागीय कारवाही अनुसार सरुवाको तयारी भई रहेको श्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली (रासस/एएफपी)। भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् । नयाँ व्यवस्थाअन्तर्गत सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्र्याइएका एक लाख रुपैयाँभन्दा बढी मूल्यका पटाका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज नजिकैको एक्लैनी क्षेत्रबाट जाँचका क्रममा ती पटाकाहरू बरामद गरिएका हुन्। तिहारलाई लक्षित गरी भारतबाट लुकिछिपी ल्याइएका पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका पटाकाहरू आवश्यक कारबाहीका लागि […]

  काठमाडौं । सडक बोर्ड नेपालको असोज १२ को निर्णय र २०८२ चैत २६ को राजपत्रमा प्रकाशित सूचना अनुसार शुल्क लिन थालिएको हो। अब सुरुङमार्ग २४ घण्टा सञ्चालनमा रहनेछ र शुल्क नगद वा QR बाट तिर्न सकिनेछ। *कुन सवारीलाई कति शुल्क?* दिशा अनुसार फरक शुल्क तोकिएको छ। सवारीको वर्ग काठमाडौं प्रवेश गर्दा काठमाडौंबाट बाहिरिँदा **कार, […]